स्वास्थ्यमन्त्री पोखरेलको पदभार ग्रहण,यस्ता छन नयाँ स्वास्थ्य नीति सहितका ५ प्रमुख प्राथमिकता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 26, 2017 | 09:53:30 PM मा प्रकाशित

laxmi  sunrise bank


नवनियुक्त स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पदभार ग्रहण गरेका छन। तेस्रो पटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहणपछि स्वास्थ्य मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन। 

पदभार ग्रहणपछी मन्त्री पोखरेलले संबिधान र सघियतासंग मेल खाने नयाँ स्वास्थ्य नीति आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन। मन्त्री पोखरेलले आफ्नो प्राथमिकताका क्षेत्रबारे सुनाउदै भने, 'संबिधानमा स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ। मेरो पहिलो प्राथमिकता भनेको संबिधानमा भएको यहि व्यवस्थालाई कार्यान्वयन गर्नु हो। मौलिक हकमा राखिएको व्यवस्थालाई व्यवहारिक ढंगले जनताले आफ्नो जीवनमा अनुभूति गर्ने गरि अगाडी बढाउने हो।'

त्यस्तै आधारभूत स्वास्थ्य सेवाको परिभाषा र त्यसको कार्यन्वयन आफ्नो प्राथमिकताको बिषय रहेको उनले बताए। देश संघिय स्वरूपमा गईसकेको अवस्थामा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम र संरचनाको क्षेत्रमा गर्नुपर्ने काम आफुले उच्च प्राथमिकतामा राख्ने मन्त्री पोखरेलले बताए। 

आफु यस अघि स्वास्थ्य मन्त्री हुँदाको अवस्थालाई सम्झिदै मन्त्री पोखरेलले भने, 'पहिले सरुवा रोगमा आधारित रणनीतिबारे काम भएको थियो तर अहिले नसर्ने रोगको प्रकृति बढेर ६२ प्रतिशत पुगेकाले स्वास्थ्यका रणनीतिक कुरा नै परिवर्तन भएका छन। सबै बिषय बस्तुलाई समेटेर संबिधान र संघियतासंग मेल खाने नयाँ स्वास्थ्य नीति मेरो प्राथमिकतामा पर्छ।' नयाँ स्वास्थ्य नीतिले जनस्वास्थ्य र नयाँ चुनौतीलाई सम्बोधन गर्ने उनको बिश्वास छ। 

आफ्नो अर्को उच्च प्राथमिकताबारे सुनाउदै मन्त्री पोखरेलले निशुल्कको राष्ट्रिय कार्यक्रम नयाँ ढंगले व्यवस्थित गर्ने बताएका छन।'आधारभुत स्वास्थ्य सेवाले समेट्न नसकेको बिषयलाई बिमाले सम्बोधन गर्नुपर्ने हुन्छ। आधारभुत स्वास्थ्य सेवा वा निशुल्कको राष्ट्रिय कार्यक्रमको पुरकको रुपमा बिमालाई अगाडी बढाउनुपर्ने मेरो मान्यता रहेको छ।' उनले भने।

स्वास्थ्य मन्त्रालयमा यो उनको तेस्रो कार्यकाल हो भने उनि चौथो पटक मन्त्री बनेका हुन। पोखरेलसंग शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रहेर काम गरेको लामो अनुभव रहेको छ। उनि २०६२-६३ को ऐतिहासिक जनआन्दोलनको प्रारम्भिक सफलतापछी मन्त्री बनेका थिए। जनआन्दोलन पश्चात् गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा २०६३ साल वैशाख १२ गते पहिलो पटक स्वास्थ्यमन्त्री बनेका थिए। त्यस्तै २०७२ कात्तिक ८ मा उनि शिक्षा मन्त्री बनेका थिए।

दोस्रो पटक उनी प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचित सरकारमा पनि स्वास्थ्यमन्त्री थिए। उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री थिए। अघिल्ला दुई कार्यकालमा स्वास्थ्य क्षेत्रमा सुधार गरेका पोखरेलको ट्रयाकरेकर्ड विवादरहित छ। देश संबिधान कार्यन्वयनको क्रममा रहेको र सिंगो स्वास्थ्य क्षेत्र नै जटिल अवस्थामा पुगेको समयमा मन्त्री बनेका पोखरेलसंग उच्च जनअपेक्षा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved