बाढी पहिरो प्रभावित क्षेत्रमा औषधि र जनशक्ति अभाव हुन नदिने स्वास्थ्यमन्त्री पोखरेलको प्रतिबद्दता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 12, 2017 | 05:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अविरल बर्षाको कारण बाढी, पहिरो र डुवानबाट प्रभावित क्षेत्रमा उद्दार टोलि पठाउन स्वास्थ्यमन्त्रालयले बिशेष टिम तयारी अवस्थामा राखेको छ। जनकपुर बिमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यस्तो बताएका हुन। 

मन्त्री पोखरेलले बाढी पहिरेबाट प्रभाबित भएका ठाँउहरुमा औषधि र जनशक्ति अभाव हुन नदिन आफु प्रतिबद्द रहेको बताए । उनले त्यसकालागी बिभाग र मन्त्रालय उच्च सतर्कता साथ तयारी अबस्थामा रहेको जानकारी दिए ।

अहिलेसम्म तराईको कुनैपनी जिल्लामा औषधि, चिकित्सक र जनशक्तिको अभाव नभएको जनाँउदै आवश्यकता अनुसार आफु पनि प्रभाबित क्षेत्रमा जान तयार रहेका प्रष्ट पारेका छन् ।

नेकपा माओबादी केन्द्रका नेता समेत रहेका स्वास्थ्यमन्त्री पोखरेलले बिपतका बेला संयमीत भएर काम गर्न स्वास्थकर्मीहरुलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार सुनील खड्काले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved