ट्रम्प-किमबीच सिंगापुरमा ऐतिहासिक वार्ता सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 12, 2018 | 06:57:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आजभन्दा एक महिनाअघिसम्म पनि सोच्दै नसोचिएको एउटा शिखर बैठकमा शान्ति र कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरण तुल्याउने विषयमा कुराकानी गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन बसेका छन्।  सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे। त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे।

वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले ४५ मिनेटदेखि एक घण्टासम्म एक्लाएक्लै वार्ता गर्नेछन्। वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता 'राम्रो तरिकाले अघि बढेको' बताएका थिए।

तर वार्ताको अन्त्यमा के हुनेछ त्यसले अर्थ राख्ने उनले उल्लेख गरेका छन्।

त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए। हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन्।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि 'एक पटकको अवसर' भएको बताएका छन्। शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ। वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्‍याउनेछ।

उत्तर कोरियाले निश्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ। तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved