के साच्चिकै शान्ति दुत थिए त शान्ति तर्फ नोबेल पुरस्कार जितेका ख़्वान मैनुएल सांतोस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2016 | 06:13:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कोलम्बियाका राष्ट्रपति ख्वान मैनुएल सान्तोसलाई यस बर्षको शान्तिको नोबेल पुरस्कार दिइएको छ। नर्वेमा भएको अवार्ड ज्युरीले फार्क बिद्रोहीसंग बितेका महिनामा गरिएका शान्ति सम्झौतामा उनको प्रयासलाई प्रशंसा गर्दै शान्तिको नोबेल पुरस्कार घोषणा गरेको हो। 

फार्क बिद्रोही र कोलम्बिया सरकार बीच हवानामा चार बर्ष चलेको वार्तापछि गत महिना मात्रै शान्तिका लागि सम्झौता भएको हो। यस सम्झौतामा सान्तोसको साथ् साथै फार्क नेता टिमोन्शेको समेत मुख्य भूमिका रहेको थियो। 

शान्ति सम्झौता भएपनि पछि कोलम्बिया जनताले जनमत संग्रहमा झिनो अन्तरले यस सम्झौतालाई अस्विकार गरिदियो। ५२ बर्ष पुरानो संघर्षमा अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस मारीए भने ६० लाख भन्दा बढीले आफ्नो घरबार छोड्न पर्यो। 

नोबेल पुरस्कार समितिकि अध्यक्ष कासी कुलमनले भनिन,-'नर्वेको नोबेल समितिले २०१६ को शान्ति तर्फको नोबेल पुरस्कार कोलम्बियाका राष्ट्रपति ख्वान मैनुएल सान्तोसलाई देशमा पचास बर्ष भन्दा बढी पुरानो गृह युद्दलाई अन्त्य गर्ने गरेको प्रयासका लागि दिने निर्णय गरिएको छ' 
  
सान्तोसले जनमत संग्रहबाट सम्झौता खारेज भएपछि बिद्रोहीहरुसंग वार्ता जारि राख्ने प्रतिबद्दता जनाए। तर राष्ट्रपति सान्तोशले बिद्रोहीहरुलाई धेरै नै छुट दिएको आलोचकहरुको आरोप रहेको छ। 

को हुन् उनि ?

कोलम्बियाका राष्ट्रपति ख्वान मैनुएल सान्तोसले भर्खरै मात्र संयुक्त राष्ट्रमा भनेका थिए-'आज हामीसंग भएको आशाको कारण छ, धर्तिमा एक युद्द कम भएको छ'
 
सान्तोस बिशेषत: कोलम्बियाका बामपन्थी बिद्रोही र सरकारबीच हुँदै गरेको शान्ति सम्झौताको प्रमाण दिदै थिए। यो सम्झौता ५ दशक भन्दा लामो समय देखि जारि छ। यहि ५२ बर्ष पुरानो संघर्षमा अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस मारीए भने ६० लाख भन्दा बढीले घरबार छोडे। तर पनि सान्तोस सधै भरि यहि प्रकारले आशाबादी बने थिएनन। 

सान्तोश पुर्व राष्ट्रपति अल्वारो युरिबेको कार्यकालमा रक्षामन्त्री थिए। एक दशक पहिले जब उनि रक्षामन्त्री थिए तब उनले छिमेकी मुलुक इक्वेडरमा फार्क बिद्रोहीको क्याममा बम आक्रमणको आदेश दिएका थिए। यस्तो इक्वेडरलाई जानकारी नदिकनै गरिएको थियो। 

सान्तोस पुर्व राष्ट्रपति अल्वारो युरिबेको निकट थिए र उनको राजनीतिक यात्रा रफ्तारमा अगाडी बढेको थियो। सन २००६ मा राष्ट्रपति युरिबे फार्क बिद्रोहीसंग लडाई निरन्तरता दिएपछि पुन दोसो पटक राष्ट्रपतिमा चुनिए। क्याबिनेटले फेरबदल गर्दै युरिबेने सान्तोसलाई आफ्नो रक्षामन्त्रि बनाए। दशकौ देखि घरेलु युद्द बेहोर्दै आएको मुलुकमा रक्षा मन्त्रि जस्तो पद बिशेष थियो। 

सान्तोस पहिले बाट नै युरिबेको समर्थन गर्दै आएका व्यक्ति थिए। जुन बेला युरिबे चर्चित उम्मेदवार थिएनन, त्यो बेला सान्तोसले उनको पार्टीको अभियानलाई आर्थिक सहयोग गर्दै आएका थिए। 

रक्षामन्त्रि बनेपछि सान्तोसले कयौं ठुला सैन्य अभियानहरुमा आफ्नो पहुँच बनाए। उनकै नेतृत्वमा सेनाले बन्दि बनाएका नेता इन्गरिड बेटनकोर्ट र तीन अमेरिकी नगरिकीलाई फार्क कब्जाबाट छुट्कारा दिलाए। सेनाले छिमेकि देश इक्वेडरमा हवाई आक्रमण गर्यो जसमा फार्क नेता राउल रेयेज मारीए। 

जब २००८ मा भएको हवाई आक्रमणले इक्वेडर र कोल्मबियाबीच राजनीतिक तहमा कलह सुरु भयो। यस बेला कोलम्बियाका सेनालाई आम जनतामा बिद्रोही बनाएर मारिएका प्रमाण समेत बाहिर आए। यस प्रकारको कठिन परिस्थितमा समेत सान्तोसको लोकप्रियता यथावत रह्यो र पुन २००९ मा उनि रक्षा मन्त्रि बने। र २०१० मा राष्ट्रपतिको चुनाब लडे र जिते।     

सान्तोस कोलम्बियाको इतिहासमा सबै भन्दा बढी जित दर्ता गर्न नेताहरुमा आफ्नो नाम दर्ता गरेका छन। राष्ट्रपति बनेपछि उनले कयौं हैरान बनाउने निर्णय लिदै बामपन्थी भेनेजुवेलामा ह्युगो शाबेज सरकारसंग सम्बन्ध सामान्य बनाए। उनले आफु अगाडीको पछिल्ला सरकारका पालामा सरकारी सदस्यताको दुरुपयोग गर्ने अधिकारीहरुलाई कारबाहीको प्रक्रिया समेत अगाडी बढाए।

क्युबाका बामपन्थी सरकार राजधानी हवानामा अहिले सम्झौता भएको शान्ति वार्ताको आयोजना गर्दै थियो। नीतिगत परिवर्तनका कारण पुर्व राष्ट्रपति युरिबेसंग तिक्तता सुरु भयो।

दुवैबीचको सम्बन्ध यति खराब भयो कि २०१४ मा जब सान्तोस दोस्रो पटक राष्ट्रपति चुनाबमा उठे त्यो बेला युरिबेले बिपक्षी उम्मेदवारलाई समर्थन समेत गरे। फेरी पनि सान्तोस फेरी दोस्रो पटक राष्ट्रपति चुनिए।   

२०१६ मा चार बर्ष औपचारिक र त्यो भन्दा अगाडीको २ बर्षको आन्तरिक वार्ता पछि कोलम्बियाको सरकार र बिद्रोहीले शान्ति सम्झौतामा सहमति हुने घोषणा गरे। 

कोलम्बियाको तटीए शहर कार्टेगानामा फार्क बिद्रोही र कोलम्बिया सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर त भयो र अक्टुबर २ मा भएको जनमत संग्रहमा कोलम्बियाका जनताले झिनो मत अन्तरले शान्ति सम्झौतालाई अस्विकार गरि दिए।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved