बालकहरू फसेको थाई गुफाबारे पाँच तथ्यहरू

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 08, 2018 | 08:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबल टोली किन गुफा गए?

जुन २३ तारिख शनिवारको दिन बालकहरू आफ्ना प्रशिक्षकसहित किन गुफा भित्र पसे त्यस्को ठ्याक्कै जबाफ अहिले हामीसँग छैन। बीबीसी थाई सेवाका रिपोर्टहरूमा जनाइएअनुसार उक्त टोली फुटबल अभ्यासका लागि स्थानीय समय अनुसार बिहान १० बजे एकापोलमा पुगेका थिए। त्यसबारे सहायक प्रशिक्षकले पौने ११ बजे फुटबल अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए।


करिब ३ बजेतिर त्यहाँको राष्ट्रिय निकुञ्जमा त्यहाँको कर्मचारीले ११ वटा साइकल गुफा प्रवेश गर्ने ठाउँमा पार्क भएको पाएको स्मरण गरे।

त्यहाँबाटै अनुसन्धान सुरु भयो। प्रारम्भिक खोजको कार्य आइतवार दिउसो करिब १ बजेबाट सुरु भयो। शनिवार राति १० बजे उक्त फुटबल टोली हराइरहेको सूचना आएपछि बल्ल खोजी कार्य सुरु भएको थियो। केही खबरहरूका अनुसार उक्त टोली फुटबल अभ्यास सकिएपछि एकजना सदस्यलाई योजना नबनाइ गरिने 'सरप्राइज पार्टी' दिन गुफाभित्र गएका थिए।

उनीहरू कसरी गुफामा फसे?

चियाङ राई प्रान्तको पहाडी भेगमा अवस्थित ताम लुङ्ग गुफामा छिरेसँगै वर्षे पानी पर्न थाल्यो। जंगलबाट आएको बाढीले गुफाको प्रवेशद्वार बन्द गरिदियो। पानीको सतह तीव्र रूपमा बढेसँगै ती बालकहरू र उनीहरूका प्रशिक्षक अलि उच्च स्थानको जमिन खोज्दै जाँदा गुफाको भित्री भागमा पुगे। उनीहरू फसेको उक्त गुफा थाईल्याण्डको चौथो लामो गुफा हो। यो १० हजार ३ सय १६ मिटर लामो छ।


गुफामा फस्नेहरू को हुन्?

गुफामा ११ देखि १६ वर्षका १२ जना बालकहरू र उनीहरूलाई फुटबल खेलाउने २५ वर्षीय सहायक प्रशिक्षक फसेका छन्। 

गुफाबारे के किंम्वदन्ती छन्?

यो गुफाहरूबारे उस्तै खालका धेरै किंम्वदन्तीहरु छन्। धेरैलाई थाहा भएको एउटा किंम्वदन्ती अनुसार पहाडमा सुतेकी महिलाको नामबाट चिनिने सो ठूलो गुफा लाई थाई भाषामा "ताम लुङ्ग कुन नाम नाङ्ग नोन" भन्ने गरिन्छ। यो गुफा आजसम्म पनि त्यही नामले चिनिएको छ। त्यो किंम्वदन्ती अनुसार दक्षिण चीनकी एक राजकुमारी एक घोडचढी पुरुषबाट गर्भवती भएपछि यही पहाडमा आइन्। उनका पिताले पठाएका मानिसले ती पुरुषलाई फेला पारेर मारिदिएपछि उनी यही पहाडमा कुरेर बसेको विश्वास गरिन्छ। प्रतीक्षा गर्दा गर्दा थाकेपछि ती राजकुमारीले आत्महत्या गरेको स्थानीयबासीको विश्वास छ। त्यसपछि उनको शरीरबाट पहाड बनेको र रगतबाट साई नदी उत्पत्ती भएको उनीहरू बताउँछन्।

यस अघि हराएका मानिसहरू 'आफैँ निस्किए'

स्थानीय खबरहरूका अनुसार समुदायका एकजना पूर्व नेताका भनाइमा सन् १९८६ मा एकजना विदेशी पर्यटक गुफामा सात दिनसम्म हराएका थिए। पछि उनको सुरक्षित उद्धार गरिएको थियो। यद्यपि त्यतिबेला बाढी चाहिँ आएको थिएन। सन् २०१६ को अगस्ट महिनामा एकजना पूर्व चिनियाँ भाषाका शिक्षक तीन महिनासम्म गुफामा हराएका थिए। ती शिक्षकले आफ्नो साइकल राष्ट्रिय निकुञ्जस्थित पसलमा छोडेका थिए र पसलेलाई आफू गुफामा ध्यान गर्न जान लागेको बताएका थिए। तर खोजी प्रयासहरू गरिए पनि उनी तीनमहिनासम्म भेटिएनन्। पछि उनी नजिकैको एउटा होटलमा घुमिरहको अवस्थामा फेला परेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved