भारतीय सेनापतिले भने : नेपाल भारततिर ढल्किनैपर्छ, चीनको सहयोग सित्तैमा होइन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 10:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाएको प्रति भारतीय सेनाको असन्तुष्टि सार्वजनिक भएको छ। सैन्य अभ्यास कार्यक्रम समापनपछी पत्रकारहरुसंग बोल्दै भारतीय सेनापति बिपिन रावतले नेपालमाथि कटाक्ष गर्दै असन्तुष्टि व्यक्त गरेका हुन। 

नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारको प्रश्नमा सेनापति रावतले भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरु भारततिर ढल्किनै पर्ने जवाफ दिए। उनले पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिंदै नेपालको चीनसँगको निकटताको अस्थायी भएको बताए। 

सेनापति रावतले नेपालले चीनसँग आर्थिक सहयोग लिएको विषयमा समेत टिप्पणी गरे। चिनियाहरुले पैसा छ भन्दैमा नेपाललाई सित्तैमा सहयोग नगरेको आशय व्यक्त गर्दै उनले भने, 'चीनसँग पैसा छ र उनीहरु त्यसलाई लगानी गर्न चाहन्छन् तर आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन् कि कुनै पनि कुरा सित्तैमा पाइँदैन।' 

तर पत्रकार सम्मेलनमा बोल्दै अर्थ राज्यमन्त्री सुभाष भाम्रेले सन्तुलित जवाफ दिने प्रयास गरे। नेपालले सैन्य अभ्यासमा भाग नलिएको बिषयमा प्रष्ट पार्दै उनले 'संयुक्त अभ्यासको ठीक अगाडि मात्र नेपालको सैन्य कमान्ड परिवर्तन भयो, यद्यपि, नेपालले पर्यवेक्षक पठाएको छ, हामीले कुनै किसिमको अड्कलवाजी गर्नु हुँदैन।'

बिमस्टेक लगत्तै आयोजना गरिएको बिमस्टेक सदस्य मुलुकको संयुक्त सैन्य अभ्यासमा बंगलादेश, भुटान, म्यानमार र श्रीलंकाका सेना सहभागी भए। तर नेपाल र थाइल्याण्डले पर्यवेक्षक मात्र पठाए। संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयबारे कुनै कुरा नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिएका थिए।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved