अमेरिकाको शहरमा बाख्रो मेयर, सपथ सहित पदभार ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 02:57:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा भएको मेयरको निर्वाचन बाख्राले जितेको छ । शहरको मेयर चुन्नका लागि गरिएको चुनावमा १६ वटा जनावरहरु चुनावी मैदानमा थिए ।

कुकुर र बिरालो सहित १५ जनावरलाई हराउँदै तीन वर्षको लिंकन नामको बाख्रो सहरको मेयर बनेको हो । लिकंनले १३ भोट ल्याएको छ । उसको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामक कुकुरले १० भोट मात्रै ल्याएको छ । मेयरमा निर्वाचित भएको लिंकनको कार्यकाल १ वर्षको हुनेछ ।

टाउन मिटिङ डेको अवसरमा मेयरमा निर्वाचित लिंकनले पदभार पनि सम्हालिसकेको छ । फेयर हेभनमा २५ सय मानिसको बसोबास छ । यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन् ।

टाउन म्यानेजरका अनुसार खेलकुद मैदानका लागि रकम जुटाउन जनावरलाई सहरको मेयर बनाईएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved