१० घण्टासम्म पनि भेटिएन सम्पर्कविहिन विमान, दुर्घटनामा परेको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 08:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय वायु सेवाको सम्पर्कबिहिन विमान १० घण्टासम्म पनि फेला परेको छैन ।  भरतीय वायु सेवा निगमको जहाज सोमबार दिउँसो १ बजेदेखि सम्पर्क बिहिन भएको हो  । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको हो । उडेको आधा घण्टा मै विमान हराएको हो  । 

विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक रहेको बुझिएको छ ।  विमान अरुनान्चल प्रदेशको चिनियाँ सीमा नजिक ल्याण्ड गर्ने तालिका रहेको थियो  ।

उक्त विमान दुर्घटनामा परेको आशंका गरिए पनि हालसम्म पनि कुनै दुर्घटना स्थल भेटिएको छैन  । विमानको खोजी कार्यको वायु सेनाले अत्याधुनिक विमान र हेलिकप्टर प्रयोग गरिरहेको छ । 

जुलाई २०१६ मा पनि भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो  ।  २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन  । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved