कास्मिर विवादबारे मोदी र खानसँग ट्रम्पको कुराकानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 11:40:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कास्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै संवाद गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् टेलिफोजनमाफृत दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको जानकारी गराएका छन् ।

‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु’ ट्रम्पले लेखेका छन् । कास्मिर विवाद बारे परिस्थिति केही असजिलो भएपनि वार्ता सकारात्मक भएको राष्ट्रपति ट्रम्पले बताएका छन् । 

भारतले संविधानको धारा ३७० खारेज गरेर जम्मु कास्मिरलाई दिइएको विशेष अधिकार खोसेपछि भारत र पाकिस्तानबीचको विवाद चुलिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved