तमिलनाडुकी मूख्यमन्त्री जयललिताको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2016 | 08:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

तमिलनाडुकी मुख्यमन्त्री जे जयललिताको सोमबार राती निधन भएको छ। चेन्नईको अपोलो अस्पतालले प्रेस नोट जारी गर्दै मुख्यमन्त्री जयललिताको निधन सोमबार राति ११ :३० मा भएको जनाएको छ। 

६८ बर्षीय जयललिता २२ सेप्टेम्बर देखि अपोलो अस्पतालमा भर्ना भएकी थिइन्। आइतबार हृदयघात भएपश्चात उनलाई आइसीयुमा भर्ना गरिएको थियो। त्यो समयदेखि नै अस्पतालको बाहिर उनका समर्थकहरुको ठुलो भिड लागेको थियो। 

जनताको अत्यधिक लोकप्रिय नेताको रुपमा परिचित जयललिताले दक्षिण भारतीय फिल्महरुमा समेत अभिनय गरेकी थिइन्। जानकारहरुका अनुसार सुरुवात देखि नै जयललिता एक सफल वकिल बन्न चाहन्थिन तर भाग्यले उनलाई पहिले सिनेमा क्षेत्र र त्यसपछि राजनीतिमा धकेलि दियो। 

फिल्मी क्षेत्र होस् या राजनीतिक, दुवै क्षेत्रमा उनको यात्रा सहज रहेन। जयललिताले १४० फिल्ममा अभिनय गरिन। ८ पटक बिधानसभाको चुनाबमा लडीन र एक पटक राज्यसभाका लागि मनोनित हुनुका साथै चार पटक तमिलनाडुकी मुख्यमन्त्रि बनिन। 
 
जयललिताको जीवनी 'अम्मा जर्नी फ्रम मुबी स्टार टु पोलिटिकल क्विन' लेखेकी वसन्तीको भनाई अनुसार 'जयललिताको एक बलियो पकड जमाउने सक्ने नेता थिइन, पाटीमा उनको यति बलियो नियन्त्रण थियो कि मानिसहरु उनका अगाडी उभिन समेत हिच्किच्याउथे। उनि आफ्ना मन्त्रीहरुसंग मिल्न समेत त्यति मन पराउन्नथिन्। मानिसहरुलाई सित्तैमा सामानहरु वितरण गर्ने नीतिले पनि उनलाई धेरै लोकप्रिय बनायो। सित्तैमा ग्राइंडर, मिक्सी, बिस किलो चामल वितरण गर्नका लागि अर्थशास्त्रीको हिच्किचाहटका बावजुत पनि उनले महिलाहरुको जिबनस्तर माथि उठाउन ठुलो योग्दान गरिन र मानिसहरुको मनमा उनका लागि स्थान झनै बलियो बन्दै गयो'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved