फेसबुकले ठूलो मूल्य चुकाउनुपर्ने हिलारी क्लिन्टनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 10:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले फेसबुकका संस्थापक मार्क जुकवर्गले मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छन् । फेसबुकले प्रयोगकर्ताको तथ्याङ्कलाई ठूलो मात्रामा राजनीतिक अभियानमा प्रयोग गरेको भन्दै यस्तो चेतावनी दिएकी हुन् । 

न्युयोर्कमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसलाई 'वार अन ट्रुथ'को  संज्ञा दिईन् । नेटफ्लिक्स डकुमेन्ट्री 'द ग्रेट ह्याक'को प्रवर्द्धनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, मार्क जुकवर्गले हाम्रो प्रजातन्त्रमाथि जे गरिरहेका छन् यसको मूल्य चुकाउनुपर्नेछ।  फेसबुकले गलत राजनीतिक विज्ञापनहरुलाई फैलाउनबाट तुरुन्त रोक्नुपर्नेमा हिलारीको जोड छ । 

"यो केवल यौटा चुनावसँग जोडिएको विषय होइन", हिलारीले भनिन्, "हाम्रो तथ्याङ्क हामीलाई नै  गलत सूचना दिनका लागि प्रयोग गरिएको छ । पैसा कमाउन प्रयोग गरिएको छ।" फेसबुकले प्रयोगकर्ताको गोपनीयता सम्बन्धी अधिकार उल्लङ्घन गरेको विषयलाई हिलारीले प्रजातन्त्र विरुद्ध चुनौतीको रुपमा अर्थ्याईन्।

उक्त डकुमेन्ट्री सन् २०१६ को चुनावमा बेलायती डाटा फर्म क्याम्ब्रिज एनालाईटिकाको भूमिकामा आधारित छ । जसमा उक्त फर्मले प्रयोगकर्ताको तथ्याङ्कलाई गलत तवरले प्रयोग गरिरहेको खुलासा गर्नेमध्येका एक पत्रकारलाई देखाईएको छ। क्लिन्टनले राजनैतिक विज्ञापनहरु रोकेकोमा ट्वीटरको प्रशंसा गर्दै गुगल लगायत प्रविधि कम्पनीहरुलाई कडा सन्देश समेत दिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved