चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार २३६ पुगेको छ । शुक्रबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको छ ।
भाइरसबाट चीनमा सङ्क्रमितको संख्या ७५ हजार ५७६ पुगेको छ । पछिल्लो समय संक्रमितको दर क्रमशः घटिरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।