कोरोनाको कारण लिबियाका पुर्व प्रधानमन्त्रीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 10:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण लिबियाका पुर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको मृत्यु भएको छ । भाइरसको संक्रमण देखिएपछि २ साता अगाडी अस्पताल भर्ना भएका उनको अस्पताल मै मृत्यु भएको हो । उनी ६८ वर्षका थिए ।

उनी लिबियन रिबेल सरकारका पुर्व प्रमुख हुन् । लामो समयसम्म सत्तामा रहेका मुअम्बर गद्दाफीपछि उनी २०११ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका थिए । 

उनको स्वास्थ्यमा एक दिन अगाडी सुधार देखिन थालेपनि अचानक उनको स्वास्थ्य बिग्रिन थालेको र निधन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved