मोहम्मद अज्मत अलि     Dec 12, 2019 | 03:00:55 PM


ruslan

बाणिज्य बैंकहरुको छाता संगठन 'नेपाल बैंकर्स संघ (एनबिए)' को अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सर्वसम्मतले निर्वाचित भएका छन। दाहालले पुष १९ २०७६ बाट बैंकर्स संघको अध्यक्षको कार्यभार सम्हाल्दैछन। 

२०४८ सालमा सरकारी जागिर छाडेर नविल बैंकमा सहायक तहबाट बैंकिङ करिअर थालेका दाहालले त्यहाँ २२ वर्ष काम गरे । दाहालले  सानिमा बैंकमा प्रमुख कार्यकारीको जिम्मेवारी निभाउदै आएका छन। उनको यो दोस्रो कार्यकाल हो। अर्को अर्थमा भन्ने हो भने दाहालले अबको दुई बर्ष सानिमा बैंक सहित अन्य २७ बाणिज्य बैंकको नेतृत्त्व गर्ने छन।

मंसिर १९ गते, बिहिबार, नेपाल बैंकर्स संघको अध्यक्षमा निर्वाचित भएका दाहाललाई बैंकिंङ क्षेत्रमा सालिन तर स्पष्ट र सिधा बोल्ने व्यक्तिका रुपमा लिइन्छ। पछिल्लो समय बैंकिङ क्षेत्र अर्थतन्त्रको मात्र नभई संचार माध्यमहरुको समेत केन्द्रबिन्दुमा रहेको छ। त्यसैले पनि पछिल्लो समय बैंकिङ क्षेत्रका बिषय बस्तुहरुबारे सर्वसाधारणमा चाँसो ब्यापक रहेको छ। 

अनुसासन र पारदर्शिता भएको क्षेत्रको रुपमा लिईने बैंकिङ क्षेत्रलाई पछिल्लो समय नवसामन्तवादको संज्ञा समेत दिन थालिएको छ। अर्थतन्त्रका अन्य क्षेत्रमा समस्या हुँदा समेत संधै नाफामा रहने भन्दै बैंकिङ क्षेत्रलाई नाफामुखी संस्थाको रुपमा समेत व्याख्या गर्न थालिएको छ। 

बैंकिङ क्षेत्रका पछिल्ला घटना क्रम, यस क्षेत्रमा मानव संसाधनको अवस्था, प्रविधिसंग जोडिएका जोखिम र त्यसको न्यूनीकरणको सम्भावना, दिघो आर्थिक विकासका लागि सरकारले लिएको नीतिमा बैंकको भूमिका लगायतका बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले दाहालसंग कुराकानी गरेका छन, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:   

२८ बर्षदेखि बैंकिङ क्षेत्रमा हुनुहुन्छ, एउटा बैंकरलाई 'बैंकरको नेता' को पद कति अर्थपूर्ण हुन्छ ?

हिजोपनी बैंकको सीईओ को रुपमा कार्यसमितिमा रहेर काम गरेको थिए। फरक यत्ति हो हिजो कार्यसमितिमा रहेर काम गरेको थिए, अहिले नेतृत्त्वमा रहेर काम गर्ने हो। केहि परिवर्तन त होला तरपनि काम भनेको सिंगो टिमले नै गर्ने हो। 

एउटा बैंकको नेतृत्त्व गर्दै गर्दा अब थप २७ बैंकको नेतृत्त्वको जिम्मेवारी लिनुभएको छ, समय व्यस्थापन कसरि गर्नुहुन्छ ?

आज जुन ठाउँमा छु त्यो सानिमा बैंकको सीईओ भएर नै हो। त्यहि हो अब थप समय खटिएर काम गर्नुपर्ने छ। अर्कोकुरा सानिमा बैंकमा मेरो टिम सक्षम छ। मेरो टिमले पनि 'दाई' एनबिए को नेतृत्त्वमा जाँदा सानिमा बैंक सहित सिंगो बैंकिङ क्षेत्रलाई नि फाइदा हुन्छ भनेपछि नेतृत्व लिने आँट गरेको हो। 

परिवारमा पनि थप समय एनबिए लाई दिनुपर्ने भएको छ भनेको छु, यतापनि उहाँहरु मानसिक रुपमा तयार हुनुहुन्छ। अहिलेपनि मेरो उमेर भनेको खट्ने बेला हो। स्वास्थ्यले र अन्य कुराले पनि साथ् दिएको छ। अलि बढी खटेर काम गर्ने हो, व्यवस्थापन राम्रै हुन्छ भन्नेमा बिश्वस्त छु।

तपाइँको कार्यकालमा बैंकिङको कुन क्षेत्रले प्राथमिकता पाउँछ ?

पहिलो कुरा बैंकर्स संघमा टिमले काम गर्ने हो। हिजो ज्ञानेन्द्र ढुंगाना सरको टिमले काम गर्यो, त्यसअघि अनिल शाहको टिमले काम गर्यो। बिषयहरु फरक थिए होलान तर काम गर्ने त् टिमले नै हो। 

अहिले बैंक प्रति केहि नकारात्मक धारणा बनेको हो कि भन्ने लागेको छ। अहिले बैंकहरु लुटेरा भए, ठग भए, नव सामन्तववाद भए, नाफामुखी भए, भन्ने आरोप लागेको छ। मेरो कार्यकालमा यी आरोपलाई चिर्नुपर्नेछ। 

१९९४ मा नेपाल बैंक सुरु भएको समयलाई आधार मान्ने हो भनेपनि नेपालमा बैंकिङ क्षेत्रले १०० बर्षको इतिहास बोकेको छ। यी १०० बर्षमा धेरै काम भएका छन। बिगतमा बैंकमा पुगेर टोकन लिएको २-३ घण्टामा बल्ल पालो आउने अवस्था थियो तर अहिले त्यो एक सेकन्डमै हुने अवस्था पुगेको छ। अहिलेकै अवस्थालाई लिने हो भने पनि नेपालको डुइंग बिजनेश राम्रो हुनुमा बैंकिङ क्षेत्रको योगदान ठुलो छ।  

नेपालको बैंकिङ क्षेत्र अन्तराष्ट्रिय स्तरमा नै उत्कृष्ट छ। दक्षिण एशियाका बैंकहरुसंग तुलनामा गर्ने हो भने धेरै सूचकमा नेपालका बैंक उत्कृष्ट छन।  विश्वका ठुला बैंकहरुले दिने सेवा सुविधा दिन नेपालका बैंकहरु सक्षम छन। 

जहाँसम्म बैंकहरुले धेरै नाफा गरे भन्ने छ। बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिएका छन। तर उनीहरुका नाफा(आरओंई)  १४-१५ प्रतिशत छ। हिजोका दिनमा धेरै नाफा कमाए भन्ने थियो, त्यो बेलापनि बैंकहरुले मुद्दतीमा १३ प्रतिशत ब्याज दिएका थिए र त्यो बेला नाफा १७ प्रतिशत हाराहारी थियो। 

अहिले बैंकहरु नवसामन्तवाद भए भन्ने छ। हिजो गाउँ शहरमा ३०-३५ प्रतिशतको ब्याजदरमा ऋण दिने लिने अभ्यास थियो तर अहिले बैंकहरु गाउँगाउँ पुगेर १४-१५ प्रतिशतमै ऋण दिएका छन। बैंकहरुले धेरै राम्रा काम गरेका छन तर यसको उचित प्रचार प्रसार हुन् सकेन। केहि छिटपुट घटना भए र त्यहि घटनाले प्राथमिकता पाउँदा बैंकहरुमाथि आरोप लागेको छ। 

यद्दपी केहि बैंकले नैतिकता र जिम्मेवारी बिर्सिएर काम गरेको छन भन्ने सुन्नमा आएको छ, केहि डकुमेन्ट मेरो हातमा पनि आइपुगेको छ। हामि त्यस्ता बैकलाई सुध्रिन अवसर दिन्छौं, त्यसका लागि छलफल तथा सम्बाद गर्छौं। आफुलाई सुधार नगरे कारबाही प्रकृया थाल्छौं। 

बैंकिङ क्षेत्रका पछिल्ला घटनाक्रमले पनि बैंकिङ जोखिम बढाएको हो कि भन्ने आशंका छ, यसलाई चिर्न बैंकर्स संघले के गर्दैछ ?

पछिल्ला केहि घटना क्रम रुवाखोकी जस्तै हो भन्छु म। संसारमा शतप्रतिशत पूर्ण कोहि हुदैन। ९० प्रतिशत राम्रो हुँदा १० प्रतिशत नराम्रो हुन् सक्ने सम्भावना रहन्छ। त्यो १० प्रतिशत पनि सही बाटोमा आउनुपर्छ भन्ने हो र त्यसको लागि काम गर्नुपर्छ। तर त्यहि १० प्रतिशतलाई आधार बनाएर बैंकिङ क्षेत्र नै जोखिममा पर्यो भन्नु गलत हुन्छ भन्ने लाग्छ। 

अहिले सबै भन्दा कम मुनाफा गर्ने बैंकको समेत प्रोभिजन भन्दा अगाडीको संचालन मुनाफा १ अर्ब ३० करोड छ भने पुंजीकोष ११ अर्बको छ। ठुला बैंकको त प्रोभिजन भन्दा अगाडीको संचालन मुनाफा ८-९ अर्ब नै छ त्यही अनुसारको पुंजीकोष पनि छ। यो अवस्थामा ३-४ करोड घोटाला भयो, चोरी भयो, १८-२० लाख चोरी भयो भनेर ठुला ठुला हेडलाइनमा समचार लेख्न आवश्यक छ जस्तो लाग्दैन। अर्ब खर्बको कारोबार हुने ठाउँमा २-४ करोडको कुरा रुघाखोकी जस्तै हो। 

प्रविधिगत जोखिम बढ्यो भन्नेछ ?

बैंकर्स संघमा छुट्टै आइटी कमिटि छ। त्यसले आइटी संग जोडिएका बिषयको अध्ययन गर्छ र त्यहि अनुसार सल्लाह र सुझाब दिन्छ। प्रविधिको प्रयोगले बैंकहरुको खर्च घट्छ भने त्यो बैंकको सुरक्षा र आम्दानिको लागि राम्रो बिषय हो। मेरो कार्यकालमा यहि कमिटिले दिएको सलाह सुझाबलाई कार्यन्वयन हुन्छ। 

बैंकमा ठेक्काका कर्मचारीको प्रयोग बढ्दो भयो, यसले पनि जोखिम निम्त्यायो भन्ने छ ?

सीईओ नै ठेक्काका कर्मचारी हुन्। जहाँसम्म लाग्छ, बैंकका मूल काममा पनि अस्थायी कर्मचारीको प्रयोग भयो भन्ने संकेत हुन् सक्छ। कर्मचारी नियुक्त गर्नलाई पनि ३-४ महिना लागि हाल्छ, त्यस्तो बेला अस्थायी कर्मचारी ल्याउनुको विकल्प हुदैन। तर लामो समयसम्म अस्थायी कर्मचारी राखेर बैंकिङ गर्न र गराउनु हुदैन, त्यस्तो छ भने हामि छलफल र सम्बाद गर्छौं। 

जहाँसम्म कोर बैंकिङमा ठेक्का वा आउटसोर्सिंङ कर्मचारी भन्ने छ, नेपाल राष्ट्र बैंकले नै कोर बैंकिङमा आउटसोर्सिंङ गर्न नपाउने व्यवस्था छ। यदि यस्तो कसैले गरेको छ भने राष्ट्र बैंकले कारबाही गर्ने ठाउँ रहन्छ। कुन बैंकमा कति कर्मचारी छन, त्यसमध्ये कस्ता कर्मचारी छन भन्ने कुरा राष्ट्र बैंकले थाहा लिनुपर्छ र प्रणाली बाहिर बसेर काम गर्ने गराउने बैंकलाई कारबाही गर्नुपर्छ। 

भिडियो अन्तर्वार्तामा सामाजिक सुरक्षा कोष, सहुलियत कर्जा, कर्जा लगानीमा सुस्तताको कारण, बैंकिङ क्षेत्रमा तिब्र उतारचढावका कारण, ब्याजदरको बिषयमा व्यवसायीको असन्तुष्टि जस्ता बिषयमा गरिएका कुराकानी गरिएको छ:     

  


Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7