20 Oct, 2017 | ३ कार्तिक २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

श्रेष्ठ भन्छन-'अस्वस्थ प्रतिस्पर्धाले महासंघको औचित्य सकिने हो कि भन्ने डर लाग्छ'(अन्तर्वार्ता)

Posted on:April 09, 2017

नेपाल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदमा जिल्ला नगरतर्फबाट उम्मेदवारी दिनुभएको छ, दिल सुन्दर श्रेष्ठ। गार्मेन्ट फ्याक्ट्रीका मालिक तथा अरनिको डेभलपमेन्ट बैंकका संचालक श्रेष्ठले पछिल्लो समय बैंकिङ, उर्जा क्षेत्रमा समेत आफुलाई स्थापित गर्नु भएको छ। पछिल्लो २ कार्यकाल देखि महासंघमा रहेर व्यवसायीको हकहितमा काम गर्दै आएका श्रेष्ठले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनका लागि तेस्रो पटक पनि आफ्नो उम्मेद्वारी दिनुभएको छ। 

धुलिखेल उद्योग बाणिज्य संघमा ३ पटकसम्म निर्विरोध निर्वाचित अध्यक्ष भईसकेका श्रेष्ठको उम्मेद्वारी के का लागि ? उहाँका एजेन्डाहरु के छन् ? शेखर गोल्छाको प्यानलबाट नै उम्मेदवारी किन ? प्रस्तुत छ श्रेष्ठसंग बिजपाटीले गरेको कुराकानी:  

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ ५० बर्षको स्वर्ण जयन्ति मनाएर ५१ बर्षमा प्रवेश गरेको छ, पुरानै शैलीले चल्ने हो कि संघले केहि नयाँ गर्छ ?

संघिय संरचनाको स्वरूपमा नेपाल सरकारलाई पछ्याउंदै अघि बढेको ठुलो नेटवर्क भएको संगठन हो, उधोग बाणिज्य महासंघ। ५० बर्षको स्वर्ण बर्षपछि महासंघ अहिले परिपक्व हुने क्रममा छ। 

संघिय व्यवस्थालाई पछ्याउंदै महासंघ पनि अञ्चल र विकास क्षेत्रको संरचना भंग गरेर  गएको छ। अहिले ७ वटा प्रादेशिक संरचना बनाइएको छ। त्यस्तै १०४ जिल्ला नगर उद्योग बाणिज्य संघ , ८९९ वटा एसोसियट संगठन, ९९ वटा बस्तुगत संगठन छन। यसले महासंघको काम कारबाहीलाई विकेन्द्रिकरण गर्ने काम गरेको छ। 

अहिलेको संघियातात्मक स्वरूप् अनुसार प्रदेशमा हुने आर्थिक नीति, कर नीति सबै प्रदेश उद्योग बाणिज्य संघले हेर्छ । प्रदेश सरकारले लिने नीतिसँग प्रादेशिक उद्योग वाणिज्य संघले डिल गर्छ । विराटनगरको समस्या, विरगञ्जको समस्या, भैरहवाको समस्या, नेपालगञ्जको समस्या अब काठमाडौंले हेर्नु पर्दैन ।     

५१ बर्षमा प्रवेश गर्दै गर्दा के अब उद्योग बाणिज्य महासंघ परिपक्व भएकै हो त ?
महासंघ परिपक्व भयो भन्ने पक्षमा म छैन। परिपक्व हुने क्रममा छ तर परिपक्व रुपमा बिकास भएको महसुस भएको छैन। मूलभुत रुपमा संगठनात्मक स्वरूप जति राम्रो छ, त्यति नै यसको व्यवस्थापन र साचिवालय दुरुस्त छैन भन्ने लागेको छ। 

लगानीको वातावरण सिर्जना गर्न आवश्यक तथ्यांकगत विवरण पेश गर्न महासंघ चुकेको छ। नेपालमा लगानीका लागि आधारभूत क्षेत्र छुट्याउने गरि तथ्यांक सहित काम गर्ने सचिवालयको अभाब छ । नेपालमा कति उद्योग छन्, कतिले रोजगारी पाएका छन, कति प्रकारका र कस्ता व्यवसायीहरु छन भन्ने तथ्यांकगतरुपमा अध्ययन गरेर काम गर्ने सचिवालयको अभाब खड्किएको छ। 

साना तथा ठुला व्यवसायीले भोग्दै आएका समस्यालाई न्यूनीकरण गर्न र बजारीकरणमा आवश्यक साथ् र व्यवसायीहरुको अभिभाबकको भूमिका निर्वाह गर्न महासंघ अहिले पनि चुकेको अनुभूति भएको छ। 

नेपालमा कति उद्योग छन्, कतिले रोजगारी पाएका छन, कति प्रकारका र कस्ता व्यवसायीहरु छन भन्ने तथ्यांकगतरुपमा अध्ययन गरेर काम गर्ने सचिवालयको अभाब खड्किएको छ। 

उदाहरणका लागि ४ बर्ष अगाडी नेपालमा लगानी भित्र्याउने उदेश्य अन्तर्गत शिखर आयोजना भयो। यसमा ५७ वटा परियोजना पेश भए। तर अहिले महासंघ ति ५७ वटा परियोजनाको अवस्था के कस्तो छ भन्ने पुरानो कुनै तथ्यांक नै छैन । 

त्यसो भए महासंघले अहिले गर्दै आएको मुख्य काम के हो ? 
व्यापार, व्यवसाय, उद्योग र उद्योगीहरुको हकहित संरक्षण गर्ने यसको मूल नीति हो। सरकारसंग बैचारिक छलफल गरेर व्यवसाय र ब्यवसायीको हितमा नीति निर्माण गर्ने यसको जिम्मेवारी हो। 

त्यस्तै सरकारले बजेट प्रस्तुत गर्दा आवश्यक पर्ने नीति निर्माण गर्न यस संस्थाले सरकारलाई सहजीकरणको भूमिका निर्वाह गर्ने काम गर्दै आएको छ। त्यस्तै आर्थिक समृद्धिका लागि आवश्यक संबिधान अनुकुल तर्जुमा गर्नुपर्ने ऐन, कानुन तर्जुमा गर्न सरकारलाई सहयोग गरिरहेको छ।

महासंघले सरकारसंगको सहकार्यमा औधोगिक व्यवसायीक ऐन पास गराउन सफल भएको छ। यसबाट औधोगिक क्षेत्रमा मजुदर र व्यवसायीबीचको अन्यौलको अवस्थालाई अन्तय गरेको छ। त्यस्तै बाणिज्य नीति ऐन , श्रम ऐन पास हुने अवस्थामा छ। बाफिया ऐन संसदमा पेश भईकन पनि रोकिएको छ। 

आर्थिक क्षेत्रमा समृद्धिलाई महत्वपूर्ण आधारका लागि नीति निर्माणको भूमिका निर्वाह गर्न महासंघले एकै टेबुलमा बसेर आवश्यक ऐनहरुको बारेमा व्यापक छलफल गरेर यसलाई टुंगोमा पुर्याउने काममा सरकारलाई सहजीकरण गर्ने काम गर्दै आएको छ।   

सरकारले निजि क्षेत्र र सार्वजनिक संस्थानलाई पीपीपी को आधारमा समृद्धिमा जाने भन्ने लक्ष्य लिएको छ, यसमा महासंघको धारणा के छ ? 
हरेक क्षेत्रमा चाहे पूर्वाधार होस् या प्रयटन, औधोगिक, कृषि या अन्य कुनै पनि क्षेत्रमा सरकारसंगको सहकार्यमा महासंघ काम गर्न तयार छ तर सरकारले अघि सारेको ३ खम्बे अवधारणामा हाम्रो बिमति रहेको छ। 

सरकारले सहकारी, निजि क्षेत्र र सरकार भनेर ३ खम्बे अवधारणा अघि सारेको छ। तर महासंघले सहकारी पनि निजि कै हिस्सा हो भन्ने मान्यता राख्दछ। तसर्थ सरकार र निजि क्षेत्र गरेर २ खम्बे अर्थनीतिमा महासंघको जोड रहेको छ। 

सरकारले सहकारी, निजि क्षेत्र र सरकार भनेर ३ खम्बे अवधारणा अघि सारेको छ। तर महासंघले सहकारी पनि निजि कै हिस्सा हो भन्ने मान्यता राख्दछ। तसर्थ सरकार र निजि क्षेत्र गरेर २ खम्बे अर्थनीतिमा महासंघको जोड रहेको छ। 

महासंघले ३ महिना अगाडी विधान संसोधन गरेको छ, वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने कुरामा कतै त्रुटी त भएन ?
महासंघले ३ महिना अगाडी बिधान संसोधन गरेको छ , यसमा त्रुटी के छ भन्ने भन्दा पनि यस व्यवस्थाले संघिय ढांचामा गएर काम गर्न थप सहज बनाएको छ। 

अर्को तर्फ बिगतमा अध्यक्षको चुनाव हुन्थ्यो त्यो पद्दतिलाई तोडेर अहिले वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने छ। यस व्यवस्थाले महासंघको अध्यक्षलाई ६ बर्षको अनुभब दिएको छ ।  

मुलुक संघीय संरचनामा गएपछि र महासंघको विधान संशोधन भएपछि पहिलो पटक निर्वाचन हुँदैछ । एकातिर नेतृत्व विकासको नयाँ अभ्यास हुँदै छ भने अर्कोतिर भूगोलको नयाँ संरचनाको आधारमा निर्वाचन हुँदैछ ।

महासंघ प्रादेशिक संरचनामा गईसकेकाले केन्द्रीय समिति नीति निर्माण तहमा अव्यस्त हुने छ । प्रादेशिक संगठन महासंघ अन्तर्गत रहेर काम गर्ने छ। हरेक नगरपालिकामा र जिल्लाहरुमा पहुँच पुर्याउन जिल्ला नगर संघ बनाएर प्रदेश अन्तर्गत रहेर काम गर्ने वातावरण बनेको छ। यसले व्यवसायीमा एकता ल्याइ महासंघलाई झनै बलियो बनाउने छ। 

महासंघको कार्यसमिति सदस्यमा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, तपाईको उम्मेद्वारी किन ? 
पछिल्ला दुई कार्यकालदेखि महासंघमा रहेर मैले आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छु। धुलिखेल उद्योग बाणिज्य संघमा ३ पटकसम्म निर्वाचित अध्यक्ष भईसकेपछी म केन्द्रीय सदस्यमा समाहित भएको हो र अहिले तेस्रो पटकको लागि आफ्नो उम्मेद्वारी दिएको छु। 

नेपालमा रहेका व्यापार ब्यवसायीक क्षेत्रमा भईरहेको अन्यौलको वातावरणलाई समाधान गर्नका लागि बिगतदेखि निभाउदै आएको जिम्मेवारीलाई निरन्तरता दिनका लागि पनि मैले यस पटक पनि कार्यसमिति सदस्यमा उम्मेद्वारी दिने निर्णय गरेको हो। 

जिल्ला नगर उद्योग बाणिज्य संघहरु, जिल्लामा रहेका उद्योग बाणिज्यसंघहरुले विभिन्न ठाउँमा सशक्त रुपमा संगठनको स्वरूप , सचिवालय व्यवस्थापन, भौतिक पूर्वाधार सहितको संस्था जन्माएको छ। 

विभिन्न क्षेत्रमा रहेका 'ए' क्लासका गुणस्तर चिन्ह प्राप्त गरेका व्यवसायीहरुको संगठन छन्। तर पहाडी क्षेत्रहरूमा यस्ता उद्योग संगठनको अभाब छ। सदस्यता बापतको रकम थोरै भएकाले पहाडी क्षेत्रमा रहेका उद्योग संघ सचिवालय स्तरको काम गराई, भौतिक पूर्वाधार,व्यवसायीहरुको उचित व्यवस्थापन गर्नका लागि कठिनाई भईरहेको छ । मेरो ध्यान यस प्रकारका संघहरुलाई बलियो बनाउने तर्फ हुने छ। 

नेपालमा रहेका व्यापार ब्यवसायीक क्षेत्रमा भईरहेको अन्यौलको वातावरणलाई समाधान गर्नका लागि बिगतदेखि निभाउदै आएको जिम्मेवारीलाई निरन्तरता दिनका लागि पनि मैले यस पटक पनि कार्यसमिति सदस्यमा उम्मेद्वारी दिने निर्णय गरेको हो। 

तपाइँको उम्मेदवारी गोल्छा प्यानल बाटै किन ? 
वरिष्ठ उपाध्यक्षको दाबेदार शेखर गोल्छा लक्ष्य समृद्धि नारा सहित अघि आउनु भएको छ। सरकारसंगको सहकार्यमा आर्थिक समृद्धिमा सघाउ पुर्याउने उदेश्य अनुरुप नै गोल्छाको लक्ष्य समृद्धि आएको छ। 

दोस्रो कारण यो पनि हो कि शेखर गोल्छा देशको औधोगिक घरानामा पहिलो उद्योग स्थापना गरेको व्यक्तिको परिवारबाट आएका युवा व्यवसायी हुन। उहाँहरु देशमा उद्योग स्थापना गरि १६ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल हुनुहुन्छ। उहाँको बुवा हुलास चन्द्र गोल्छा महासंघको संस्थापकको रुपमा भूमिका निभाउनु भएको थियो। 

युवा पुस्तामा यस प्रकारको व्यवसायिक पारिवारिक पृष्ठभूमिबाट आएका शेखर गोल्छा महासंघको नेतृत्त्वमा आउन चाहेकाले मैले पनि उहाँकै प्यानलबाट आफ्नो उम्मेद्वारी दिएको हो । शेखर गोल्छा महासंघको नेतृत्त्वमा आउनु पर्छ भन्ने चाहना मेरो मात्र होइन, जिल्ला नगर देखि संघहरुमा रहेका सबै साथीहरुको माग पनि अहिले गोल्छाको नेतृत्त्व हो।

विभिन्न उद्योग घराना तथा जिल्ला नगरबाट राष्ट्रिय अर्थतन्त्रमा आफ्नै किसिमको भूमिका निर्वाह गर्दै आएका गोल्छालाई उठाउन पर्छ भन्ने आवाज उठेको छ। महासंघको सुद्दिकरण र व्यवसायीको समस्या न्यूनीकरण गर्नका लागि शेखर गोल्छाकै प्यानलमा बसेर आफ्नो उम्मेदवारी दिएको हो। 

महासंघको सुद्दिकरण र व्यवसायीको समस्या न्यूनीकरण गर्नका लागि शेखर गोल्छाकै प्यानलमा बसेर आफ्नो उम्मेदवारी दिएको हो। 

अहिले अलग अलग प्यानल बनाएर निर्वाचनमा जाँदा चुनाबपछि आउने नतिजा पछि तपाईहरु एक आपसमा मिलेर कसरि व्यवसायीहरुको हकहितमा काम गर्न सक्नु हुन्छ ? 
यो बिषय धेरै सोचनीय छ। पहिले पनि अलग अलग समुह बनाएर चुनाब लड्दा एउटा हारेपछि महासंघमा प्रवेश नै नगरेको उदाहरण देखेर अहिले सकेसम्म सहमतिमा अघि बढौं भन्ने हाम्रो मान्तयता रहेको छ । यसका लागि विभिन्न चरणमा छलफल समेत हुँदै आएको छ । 

किशोर प्रधान समूहलाई मिलेर अघि बढौं भन्ने प्रस्ताब समेत गर्दै आएका छौं। चुनाब हो, नतिजा जसको पक्षमा पनि आउन सक्छ। तर हारीसकेपछी पनि हार्नेले आफुलाई संघमा नै आबद्द बनाएर व्यवसायीको हकहितमा काम गर्न सक्ने वातारवरण बनाउनु पर्छ। 

शेखर गोल्छाले के त्याग्दा किशोर प्रधान समूह सहमतिमा आउन सक्छन , त्यस्तै किशोर प्रधान समुहले के त्याग्दा शेखर गोल्छा समूह सहमतिमा आउन सक्छन भनेर यसका लागि वर्तमान अध्यक्ष पशुपति मुरारका , वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष भवानी राणाले पनि सबैलाई सहमतिमा ल्याउने प्रयास गर्दै हुनुहुन्छ। 

भोलिका दिनमा यस प्रकारका वैमनस्यताले व्यवसायीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघ नै ओझेलमा पर्ने हो कि भन्ने डर समेत पैदा भएको छ।     

Share your thoughts!


Trending