गार्डियनमा १३१ रुपैयाँमै १ लाखको बीमा हुन्छ, यो पनि अनलाइनबाटै (सीइओ भण्डारीको अन्तर्वार्ता)

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Mar 26, 2024 | 05:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले गत वर्ष ७ वटा कम्पनीलाई लघुबीमा व्यवसायका लागि लाईसेन्स प्रदान गर्यो । सिमान्तकृत, पिछडिएका  र गरिवीको  रेखामुनि रहेका वर्गका बीमाको पहुँच पुर्याउने लक्ष्यसहित लघु बीमकको अवधारणा प्राधिकरणले गर्यो । सोहि अनुसार ३ वटा जीवन र ४ वटा निर्जीवन गरी जम्मा ७ वटा कम्पनीले लघु बीमकको मान्यता पाए ।

यसरी, लाईसेन्स पाएका बीमकहरुले व्यवसाय पनि सुरु गरिसकेका छन् । लाईफ तर्फको लघु व्यवसाय गर्न लाईसेन्स पाएको मध्य एक हो गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स ।

गार्डियनले गत असार २२ गतेदेखि औपचारीक रुपमा व्यवसायी सुरु गरेको थियो । यस कम्पनीले माघ मसान्तसम्म आईपुगदा ७ हजार ४८६ वटा पोलिसि बिक्री गरिसकेको छ । उक्त पोलिसि बिक्रीबाट कम्पनीले १ करोड १५ लाख बढी रुपैयाँ प्रिमियम संकलन पनि गरिसकेको छ।

 बिजपाटी डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीसँग लघु बीमा, लघु बीमाको दायरा र समग्र लघु व्यवसायको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ सीईओ भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

 लघु बीमा भनेको कस्तो खालको बीमा हो ?

न्यून आय भएका व्यक्तिहरु तथा सिमान्तकृत र लक्षित वर्गहरुलाई समेट्न   सकिने खालको एक बीमा व्यवसाय हो । न्यून बीमा शुल्कमा बढी भन्दा बढी सुविधा प्रदान गर्ने एउटा बीमा योजना हो लघु बीमा ।

विशेष गरी लघुबीमा आर्थिक रुपमा पिछडिएका वर्ग लक्षित हो । मजदूर, किसान र जो बीमाको दायरामा पुग्न सकेका छैनन् , तिनिहरुका लागि हो लघु बीमा योजना । ठूला  बीमा कम्पनीहरुले साना साना बीमाशुल्क समेटेर बीमालेख जारी गर्न नसकेको अवस्थामा ति साना बीमाशुल्क तिरेर बीमा गर्न चाहानेहरुका लागि हो लघु बीमा ।

 लक्षित वर्गहरु लघु बीमामा कसरी जोडिन सक्छन्?

अहिले दूर्गम भन्दा दूर्गम क्षेत्रमा पनि इन्टरनेटको पहुँच पुगेको अवस्था छ । उनीहरु सामाजिक सञ्चालको पहुँचमा पुगिसकेका छन् । त्यसैले हामीले पूर्णरुपमा डिजिटल सिस्टमा ल्याएका छौँ । बीमा गर्न चाहाने व्यक्तिहरुले ल्याप्चे पनि लगाउनु पर्देन, सहि पनि गर्नु पर्दैन । सबै कुरा डिजिटल तरिकाले नै हुन्छ।

 हामीले एजेन्टहरुलाई पनि त्यहि अनुसार तालिम दिएर पोख्त पारेका छौँ । बीमा गर्न चाहनेले आफ्नो मोबाईलबाट नागरिकता र आफ्नो फोटो खिचेर पठाएपछि हामि तुरुन्तै बीमालेख जारी गरिदिन्छौँ ।  जारी गरेको पोलिसि हामिले मोबाईलबाट ने बीमितलाई पठाईदिन सक्छौँ ।  हाम्रा अभिकर्ताहरु ग्रासरुटमा पुगेका छन् ।

 अभिकर्ता नपुगेको ठाउँका मानिसहरु लघु बीमा योजनामा कसरि जोडिन सक्छन् ?

अभिकर्ता नभएको र ईच्छाएको व्यक्तिले पहिला लघु बीमा के हो भन्ने कुरो बुझ्नु पर्यो, र कहाँ भेटिन्छ भन्ने कुरो पनि बुझ्नु पर्यो । अब उनीहरुले कि त अभिकर्तालाई भेट्नु पर्यो या त शाखासँग सम्पर्क राख्नु पर्यो । हामीले स्थानिय तहसँग पनि छलफल गरेका छौँ । स्थानिय तहले पनि आफ्नो क्षेत्रका लक्षित बर्गलाई हामिसँग लिंक गराईदिन सक्छन् ।

 कुनै पालिकाले आफ्ना सरसफाई कर्मचारीलाई बीमा गराइदिएको छ । कुनैले नगर प्रहरीको लघुबीमा गराईदिएका छन्। पालिकाले आफ्नो क्षेत्रको सिमान्तकृत वर्गमा पनि कुन चै जाति लक्षित वर्गमा पर्न सक्छन्, उनीहरुलाई बीमाको दायरामा ल्याउन स्थानीय तहले पहल गरिरहेका छन् ।

 जीवन लघु बीमाको बीमा गर्न सकिने रकमको सिमा कति हो ?

लघु जीवन बीमकले अधिकतम ५ लाख रुपैयाँसम्म बीमांक रकमको मात्र बीमालेख जारी गर्न सक्छ । गार्डियनले वार्षिक १३१ रुपैयाँले प्रिमियममा बीमा गर्न सकिने योजना ल्याएका छौँ । त्यसमा मानिसहरु जोडिदै आएका छन् । जसको बीमांक रकम १ लाख रुपैयाँ रहेको छ ।

 हामीले  दाबी भुक्तानी २४ घण्टा भित्र गर्दछौँ । हामीले ३ वटा दाबी भुक्तानी गरेका छौँ । जसमध्ये १ वटा दाबी १७ घण्टा भित्र र २ वटा २४ घण्टा भित्र भुक्तानी दिएका दिएका छौं।

संचालनमा आएको नौं महिनामा गार्डियनसंग लघुबीमाका प्रोडक्ट कति बने ?

गार्डियनले अहिले ३ वटा प्रोडक्ट बजारमा ल्याएको छ । जसमध्ये एउटा म्यादी जीवन बीमा व्यक्तिगत, एउटा सामूहिक रुपमा र अर्को ग्यारेन्टेट अमाउन्ट सहितको जीवन बीमा गार्डियनले ल्याएको छ ।

बीमा कम्पनीले विभिन्न बोनस दर तोक्छन् । भोलि त्यो बोनस दर तल माथि हुन सक्छ ।  आज ४० रुपैयाँ बोनस भनेको भोलि त्यो ३० पनि हुन सक्छ अथवा ४५ पनि हुन सक्छ ।

 तर, गार्डियनले ५० रुपैयाँ प्रतिहजार बोनस ग्यारेन्टी गरेको छ । यो परिवर्तन नहुने बोनसदर हो । यस्तो बोनसदर समेटेर गार्डियनले दिर्घायु बचत योजना ल्याएको छ । जुन सेभिङ प्लान हो ।

 ९ महिनामा गार्डियनको कारोबार के कस्तो छ

विस्तारै विस्तारै गार्डियन अघि बढ्दै छ । हामी स्टेप वाई स्टेप जाँदैछौँ । सोचेको जति पुगेका छैनौँ । केहि न केहिसम्म पुगेका छौं।  गार्डियनले गत असार २२ गतेदेखि औपचारीक रुपमा व्यवसायी सुरु गरेको थियो । यस कम्पनीले माघ मसान्तसम्म आईपुग्दा ७ हजार ४८६ वटा पोलिसि विक्री गरिसकेको छ । उक्त पोलिसि विक्रीबाट कम्पनीले १ करोड १५ लाख बढी रुपैयाँ प्रिमियम संकलन पनि गरिसकेको छ।

 गार्डियनमा नै लघु बीमा किन गर्ने ?

गार्डियन पूर्णरुपमा डिजिटलमा गइसकेको छ । अभिकर्ता पनि अफिस आउँनु पर्देन । अभिकर्ताहरु आफ्नै अथवा बीमितको घरमा बसेर नै त्यहिबाट नै पोलिसि जारी गर्न सकिन्छ । त्यसकारण गार्डियनमा बीमा गर्दा कुनै झन्झट पर्दैन । सो कारण बीमा गर्न गार्डियन नै रोज्नु पर्दछ ।

गार्डियनको मोबाईल एप्लीकेशन पनि छ । यदि जो कोहिले गार्डियनमा बीमा गर्न चाहन्छ भने एपबाट पनि गर्न सक्छ । र गार्डियनको वेवसाईटमा गएर शाखाको लोकेशन हेरेर शाखासम्म पुग्न सक्छ ।

सीईओ भण्डारीसँग गरिएको कुराकानीको भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved