ग्रेड ४ को आईपिओ रेटिंङ पाएको चौतारी लघुवित्तमा लगानी कति सुरक्षित ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 08:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले आज मंसिर १९ गते बुधबार देखी आईपिओ  बिक्रि खुला गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो  । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा तीन हजार कित्तासम्म आवेदन गर्न पाईनेछ । तर ५० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन 

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधि पर्याप्त आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म आवेदन दिन सकिने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । 

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो।  यसलाई 'कान्छो' लघुवित्तको रुपमा लिईन्छ। बुटवलमा  केन्द्रीय कार्यालय रहेको यो लघुवित्त १५ जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो। यद्दपी लघुवित्तले अहिलेनै १६ जिल्लाका ५४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा दिंदै आएको छ।

आम लगानिकर्ता कम्पनीको वित्तीय अवस्था र आगामी योजनाबारे जान्न उत्सुक छन। त्यसमा पनि वित्तीय सूचक राम्रो हुँदाहुँदै पनि लघुवित्तको आइपीओ लाई ग्रेड ४ दिईएको छ। जसले कम्पनीको अवस्था औशत भन्दा पनि कम्जोर छ भन्ने देखाउछ। 'के साच्चिकै कम्पनीको वित्तीय अवस्था औषत भन्दा पनि कम्जोर छ ? लघुवित्तले सेयरधनीलाई कहिलेदेखि प्रतिफल दिन्छ ?'  लगानीकर्ता र हाम्रा पाठकले जान्न चाहेका यी र यस्तै प्रश्नहरुलाई समेटेर बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले चौतारी लघुवित्त वित्तीय वित्तीय संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत हरि कृष्ण जोशीसंग कुराकानी गरेका छन, प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

मङ्सिर १९ देखि सर्वसाधारणलाई आइपीओ जारि गर्दै हुनुहुन्छ, चौतारी लघुवित्तको सेयरमा लगानी किन ?

चौतारी लघुवित्तको वित्तीय विवरणले धेरै कुरा बोल्छ, त्यसैले आइपीओ भर्ने कि नभर्ने भन्ने निर्णय लिनुअघि सबैलाई हाम्रो ब्यालेन्ससिट हेर्न अनुरोध गर्छु। ब्यालेन्ससिटसंगसंगै यसको व्यवस्थापन जोडिएर आउँछ। यसको व्यवस्थापनको नेतृत्त्व तिन दशक भन्दा पनि लामो समयदेखि यहि क्षेत्रमा काम गरिरहनु भएको व्यक्ति हुनुहुन्छ। त्यसमा म पनि यो क्षेत्रमा डेढ दशकदेखि छु र अन्य साथीहरु जो केन्द्रमा, र उच्च जिम्मेवारीमा हुनुहुन्छ उहाँहरुसंग यो क्षेत्रमा लामोसमयदेखि काम गरेको अनुभब छ। व्यवस्थापनसंगसंगै चौतारी लघुवित्तको संचालक समिति मजबुत छ। संस्थापक सेयरधनीका रुपमा ७ वटा बैंकको लगानी छ। 

तर ईक्रा नेपालले लघुवित्तको आइपीओलाई ग्रेड ४ रेटिङ्ग गरेको छ, तपाइँको भनाई र तथ्य मिलेन नि ?

इक्राले दिएको रेटिङ्गलाई नजर अन्दाज गर्न त मिलेन तर उहाँहरुसंग यस्तो किन भयो भन्ने सोध्दा नयाँ संस्था भएकाले अवधिको कारणले ग्रेड ४ रेटिङ्ग दिएको भन्ने उहाँहरुको जवाफ छ। यसमा चौतारी लघुवित्त मात्र ग्रेड ४ रेटिङ्ग पाउने संस्था होइन। नयाँ कम्पनीहरुले इक्राबाट ग्रेड ४ रेटिङ्ग भन्दा माथि पाएका छैनन। 

अहिले आइपीओ भर्नेले चौतारी लघुवित्तबाट प्रतिफल कहिलेदेखि पाउँछन ?

सेयरधनीहरुले यो आर्थिक बर्षको कमाईबाटै प्रतिफल पाउनुहुन्छ, त्यसमा ढुक्क भए हुन्छ। प्रतिफल बोनस सेयर पनि हुन सक्छ वा नगद पनि हुन सक्छ। जे होस यो आर्थिक बर्षको कमाईबाट अर्को बर्ष प्रतिफल पाउनुहुन्छ।  

राष्ट्र बैंक लघुवित्तलाई कि चुक्तापुंजी बढाउ कि मर्जरमा जाउ भन्ने नीतिमा छ, चौतारी लघुवित्तले के गर्छ ? 

लघुवित्तबारे आएको निर्देशिका अनुसार राष्ट्रिय स्तर लघुवित्त बन्न चौतारी लघुवित्तको मापदण्ड पुगेको छ। अहिले १६ जिल्लामा छौँ, आधिकारिक रुपमा १५ जिल्लामा छौँ। अहिले ५४ शाखाबाट लघुवित्त सेवा दिईरहेका छौँ र ४ वटा स्वीकृतमा छ। राष्ट्रिय स्तरको नै बन्यौं भनेपनि ६१ जिल्लामा पुग्दा एउटा जिल्लामा दुईवटा शाखा हुँदापनि १२२ प्लस ५८ र तराईका केहि जिल्लाहरुलाई प्राथमिकतामा राख्दा अर्को बर्ष शाखा संख्या सहजै २०० प्लस हुन्छ।

शाखा बिस्तारसंगै व्यवसाय जोडिने त भैहाल्छ। राष्ट्र बैंकले मर्जर, पुंजीवृद्धि वा एक्वायर मध्ये एउटा कुरा आउँछ भनिसकेको छ। यी तीन मध्ये कुन बिकल्प ठिक हुन्छ त्यो बोर्डले गर्ने निर्णय हो।      

यो बर्ष चौतारी लघुवित्तको पर्फर्मेंन्स कस्तो रहने प्रक्षेपण गर्नुभएको छ ?

हामीले गत बर्ष १ करोड ६१ लाख खुद मुनाफा गरेको छौं। यो बर्ष पहिलो त्रैमासमा नै ३७ लाख ४८ हजार खुद मुनाफा गरेको छ। र यसलाई आधार मान्ने हो भने पक्कै पनि गत बर्ष भन्दा राम्रै मुनाफा हुने देख्छौं। तर प्रोफिटलाई मात्र हेरेर कम्पनीको आंकलन गर्नुहुन्न भन्ने मेरो व्यक्तिगत बिचार हो।    

यो पहिलो त्रैमासदेखि नै हाम्रा १०० भन्दा बढी सह वित्तीय सूचकहरु गत बर्षको तुलनामा राम्रो अवस्थामा छन। त्यसले पनि चौतारी लघुवित्त व्यवसायमा बिस्तारमा एग्रेसिभ छ। गुणस्तर सहितको व्यवसायमा केन्द्रित छ भन्ने देखाउंछ।

के कारणले आइपीओ भर्ने भन्दा तपाईको आफ्नो भनाई के हुन्छ ?

नेपालको सेयरबजारमा १५ लाख जति डिम्याट खाता छ भन्नेछ। यस अघि आइपीओ निष्काशन भएको लघुवित्तमा समेत ६६ गुणा बढीले आबेदन परेको छ। यसलाई आधार मान्नेहो भनेपनि लघुवित्तको आइपीओ किन भर्ने भनेर लगानीकर्ता वा सर्वसाधारणलाई भनिरहनुपर्छ जस्तो लाग्दैन। लघुवित्तको प्रतिफल राम्रो हुन्छ भन्नेकुरा पब्लिकले बुझ्नुभएको छ। त्यहिपनि ३ बर्षको दौरानमा चौतारी लघुवित्तको व्यवस्थापन, बिजनेश ग्रोथलाई राम्रोसंग हेर्नुहोस, तपाई स्वत: चौतारी लघुवित्तको प्रगतीबाट सन्तुष्ट हुनुहुन्छ भन्ने बिश्वास छ।  

यो पनि : 

'चौतारीले यहि बर्षको कमाईबाट लाभांश दिन्छ, ढुक्क भएर आइपीओ भर्नुस' डीसीईओ जोशीको अन्तर्वार्ता

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved