चौतारी लघुवित्तको आईपिओमा कति पर्यो आवेदन ? (शुक्रबार ४ बजेको अपडेट )

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 04:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले निष्काशन गरेको आईपिओमा अत्यधिक आवेदन परेको छ । आज (शुक्रबार) बेलुका ४ बजेसम्मको तथ्यांक अनुसार आईपिओमा २ लाख २ हजार ३ सय ६९ आवेदकबाट १ करोड २४ लाख ७९ हजार ७  सय ८० कित्ताको लागि आवेदन परेको छ । यो कुल निष्काशनको २० गुणा भन्दा बढी हो  ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।  लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । 

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।  बुटवल आधारित लघुवित्तले विभिन्न १० जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्युठान, रोल्पा र सल्यान का ३४ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

२०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट 'घ' वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको हो।  


'चौतारीले यहि बर्षको कमाईबाट लाभांश दिन्छ, ढुक्क भएर आइपीओ भर्नुस' डीसीईओ जोशीको अन्तर्वार्ता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved