नेपाल एग्रो लघुवित्तले १ करोड ६१ लाखको आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 06:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपियाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

शेयर निष्काशनको लागि कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंग रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । 

कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved