युनियन हाइड्रोले सर्वसाधारणलाई ३५ लाख कित्ता शेयर निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 05:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २८ गते सोमबार शेयर निष्काशनको अनुमति दिएको हो। 

अब कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ  । कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि   ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।  जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved