प्रधानमन्त्री र उर्जा मन्त्रीले भरे त्रिशुली जलविद्युतको आईपिओ, कसले कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 10:27:23 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिएका छन्। ओलीले बिहिबार बिहान  आफ्नै निवास बालुवाटारबाट मेरो शेयर अनलाइन मार्फत शेयरमा आवेदन दिएका हुन् । त्रिशुली जलविद्युत कम्पनीले जनताको जलविद्युत योजना अन्तर्गत आईपिओ निष्काशन गरेको हो । पहिलो शेयर आफुले हाल्ने प्रतिबद्दता अनुसार ओलीले शेयरमा आवेदन दिएका हुन् ।

त्यस्तै उर्जा मन्त्री बर्षमान पुनले पनि यहि आईपिओमा आवेदन दिएका छन् । कम्पनीका प्रबन्ध निर्देशक मोहन गौतमका अनुसार प्रधानमन्त्री र उनकी पत्नीले समान १० हजार कित्ताको लागि आवेदन दिएका हुन्।  त्यस्तै उर्जामन्त्रीले एक हजार कित्ताको लागि र उनकी पत्नीले २ हजार कित्ताको लागि आवेदन दिएका छन् । आईपिओमा आवेदन दिने प्रधानमन्त्रीले मंगलबार मात्र डिम्याट खाता खोलेका थिए ।  

कम्पनीले जारी पूँजी दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको १०० अङ्कित दरको ३७ लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयरमा  सर्वसाधारणकाले आवेदन दिन सक्ने छन् । यहि सर्वसाधारणलाई छुट्याइएको शेयरमा प्रधानमन्त्रीले पनि आवेदन दिएका हुन । आवेदन दिंदा न्युनतम एक सय कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने ब्यबस्था छ । 

जनताको जलविद्युत आयोजनामा रहेको ब्यबस्था अनुसार कम्पनीले हालको लागि प्रति शेयर १० रुपियाँको दरले अग्रिम रकम मात्र माग गरेको हो ।  यस हिसाबमा हालको लागि लगानीकर्ताले एक हजार मै सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । बाँकि ९० रुपियाँ रकम कम्पनीले पछि माग गर्ने छ । अर्थात आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुरा भएपछि बाँकि ९० प्रतिशत रकम दिनु पर्ने छ ।  

कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ । 

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । 

यो पनि : 

लागत होइन युनिट हेरौ, सुरुमा १५ प्रतिशतसम्म लाभांश दिन सक्छौ: एमडी, त्रिशुलीहाइड्रो (अन्तवार्ता)



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved