सान्जेन र रसुवागढीको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 05:59:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको जनताको जलबिद्युत अन्तर्गत सर्वसाधारणलाई साधारण सेयर निष्काशन गरेका सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा उल्लेख्य आबेदन परेको छ। 

सान्जेन 

आइपीओ निष्काशनको चौथो दिन बेलुका ५ बजे सम्ममा सान्जेन जलबिद्युतको आइपीओमा २ लाख ६३ हजार ५  सय २४ आवेदकबाट १ करोड २५ लाख ४० हजार ८ सय २० कित्ताको लागि आबेदन परेको छ।  

बैशाख ६ देखि आइपीओ निष्काशन गरेको सान्जेनले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५००० कित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। 

रसुवागढी 


बैसाख ६ देखिनै आइपीओ निष्काशन गरेको रसुवागढी हाइड्रोको आइपीओमा चौथो  दिन साँझ ५ बजे सम्ममा २ लाख ६६ हजार १ सय ९६ आवेदकबाट १ करोड ५७ लाख  ५२ हजार ९ सय सय कित्ताको लागि आबेदन परेको छ।  रसुवागढीले सर्वसाधारणको लागि मात्र भनेर ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता बिक्रि खुला गरेको हो । 

रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको हो।  यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved