गुराँस लघुवित्तको आइपिओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 05:58:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म १२.५५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा बेलुका ५ बजेसम्म १ लाख ५४ हजार २ सय २६ आवेदकबाट २९ लाख ३४ हजार १ सय २० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता आइपीओ  निष्काशन गरेको हो । जस मध्ये ३ हजार ८७५ कित्ता कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।  बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले बैशाख २० गतेसम्म आवेदन दिन सक्ने छन् । आईपिओमा न्युनतम १० कित्ता र बढीमा ५०० कित्ताको लागि आबेदन दिन सकिनेछ। तर लघुवित्तको आईपिओमा माग भन्दा बढीको आवेदन परिसकेको र र गोलाप्रथाबाट समान १० कित्ता शेयर बाँडफांड हुने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उपयुक्त हुने छैन । 

 नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि  आइपीओमा आबेदन दिन सकिनेछ।  आईपिओ निष्काशनको लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल छ।  

 लघुवित्तको जारि पुंजी ७ करोड ७५ लाख र चुक्ता पुंजी ५ करोड २५ लाख छ। सर्वसाधारणलाई आइपीओं निष्काशन पश्चात चुक्ता पुंजी ७ करोड ७५ लाख पुग्नेछ। लघुवित्त २०७३ सालमा स्थापना भई प्रदेश १ मा केन्द्रित रहेर त्यहाँका १० जिल्लामा २२ वटा शाखा मार्फत ११ हजार बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ६९ लाख ७ हजार खुद मुनाफा आर्जन गरेको छ। 

यो पनि : 

गुराँसको जोड नगद लाभांशमा, यस्तो छ लघुवित्तको दाबी र वास्तविकता (विश्लेषण)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved