हिमाल दोलखाले जेठ १४ देखि आईपिओ निष्काशन गर्ने, कति छ रेटिंङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 07:40:40 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले जेठ १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीको शेयर निष्काशन गर्न लागेको हो  । 

अब कम्पनीले स्थानीयको लागि १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । यस निष्काशनमा आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका ९ र १०, माई नगरपालिका वडा नम्बर ९ तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयले आवेदन दिन सक्ने छन्  । लगानीकर्ताले छिटोमा जेठ २८ गतेसम्म र ढिलोमा असार १३ गते सम्म आवेदन दिन सक्ने छन्  । न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । 

 अब कम्पनीले  सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्ने अनुमति पाएको हो । जस मध्ये १६ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयलाई र बाँकि ६२ करोड बराबरको शेयर सर्वसाधारणलाई बिक्रि हुने भएको हो  । कम्पनीले शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।  

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिंग नेपालले बैशाख २५ गते म्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ । 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved