हिमालयन हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा जनता क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 12:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख कित्ता शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ । 

शेयर निष्काशनको लागि कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतामा हाइड्रोको तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र क्यापिटलका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved