इन्फिनिटी लघुवित्तको आईपिओ तपाईलाई पर्यो कि परेन ? नतिजा बिजपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 10:06:00 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ। बिक्रि प्रबन्धक सिभिल क्यापिटलले बुधबार बिहान १० बजे शेयर बाँडफांड गरेको हो ।  

आईपिओमा कुल ३ लाख २९ हजार ७ सय ६ जनाले आवेदन दिएकोमा ६२७ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाकी रहेका ३ लाख २९ हजार ७९ जना आवेदक मध्ये गोलाप्रथाबाट ६२ हजार ९ सय ९३ जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीले जेठ १३ देखि १६ गतेसम्म ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  जस मध्ये कम्पनीको कर्मचारीलाई १० हजार ३ सय ७० कित्ता र सामुहिक लगनी कोषको लागि ३३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन। 

आईपिओमा ११.०३ गुणा बढी आवेदन परेको थियो। यस हिसाबमा आईपिओमा २ लाख ६६ हजार ७ सय १३ जना आवेदक हात खाली भएका छन् ।  



 आईपिओको नतिजा  बिजपाटी डट कममा प्रकाशित भएको छ ।  नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको ipo result भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा इन्फिनिटी छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ । यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।   

 यस माइक्रोफाइनान्स नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरु प्रबद्धनमा संचालनमा आएको हो । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रहेको र उक्त शेयर निष्काशन पश्चात कम्पनी चूक्ता पूँजी २० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved