७ महिनापछि हिमाल दोलखाको आईपिओ सूचीकरण हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 02:42:03 PM मा प्रकाशित

laxmi  sunrise bank

७ महिनापछि हिमाल दोलखाले निष्काशन गरेको आईपिओ सुचिकृत हुने भएको छ ।  शेयर प्रत्याभूतकर्तासँगको विवाद समाधान भएसंगै आईपिओ सुचिकृत हुन् लागेको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा माघ महिनामा बल्ल शेयर सूचीकरण हुने भएको हो । 

कम्पनीले आईपिओ सूचीकरणको लागि सिडीएसमा आवेदन दिएको छ । सिडीएस स्रोतका अनुसार यसै हप्ता भित्र शेयर लगानीकर्ताको खातामा जाने छ । खातामा आएर नेप्सेमा सुचिकृत भई कारोबार खुला भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । लामो समयसम्म शेयर सूचिकृत नहुँदा लगानीकर्ताको सम्पति बन्धक भएको थियो  । 

कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको  थियो । आईपिओमा  ७२ हजार २ सय ५५ आवेदकले ३० लाख ९३ हजार २ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । निष्काशन गरिए भन्दा कम शेयरको लागि आवेदन परेकोले सबै आवेदकले माग बमोजिम कै शेयर पाएका थिए ।

बिक्रि नभएको ४५ लाख ५३ हजार ९ सय ६० कित्ता शेयर भने अन्डरराईटरहरुले  किन्नु पर्ने भएको थियो । कम्पनीको शेयरको  लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए ।  ति कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने थियो  । 

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए ।  यी मध्ये लक्ष्मीले पुरै शेयर खरिद गरेपनि अन्यले भने शेयर खरिद गर्न आनाकानी गर्दा लामो समयसम्म शेयर सूचीकरण हुन् सकेको थिएँन। बाँकि ३ क्यापिटलले  ५ लाख कित्ताको रकम दिन आनाकानी गर्दा शेयर सूचीकरणमा ढिलाई भएको हो । 

यी ३ क्यापिटलले कम आईपिओ सुचिकृत गराउने प्रयास गरेका थिए  तर त्यो प्रयास बोर्डले असफल पारिदिएको थियो  ति क्यापिटलले यस बारेको सूचना मिडियालाई नदिन 'दबाब' दिएको समाचार समेत बिजपाटीले प्रकाशित गरेको थियो  । धितोपत्र बोर्डले ति क्यापिटललाई शेयर खरिद नगरे कारवाही गर्ने चेतावनी दिएपछि क्यापिटलले बाँकि शेयर खरिद गरेका हुन् । 

 हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved