एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँडको मिति तय, १६ हजारको हात रित्तै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2020 | 05:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड शनिबार बिहान हुने भएको छ। बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा शनिबार बिहान साढे ९ बजे लघुवित्तको आइपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ। 

आइतबार अर्को एक कम्पनीको आइपीओ बिक्रि सुरु हुने र त्यसले सिडीएससीको प्रणाली समेत भार पर्ने भएकाले नियामकको अनुमति तथा सर्वसाधारणको चाहनाअनुसार नै शनिबार बिहान आइपीओ बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ। 

शेयर बाँडफाडको दिन बल झिकेर गोलाप्रथा मार्फत कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने भन्ने निर्क्योल गरिने छ ।  क्यापिटलले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत आइपीओ बाँडफाँड कार्यक्रमको लाइभ गर्ने भएको छ ।

क्यापिटलकाअनुसार ३ लाख ९७ हजार ७४१ जना आवेदक लघुवित्तको सेयर पाउन योग्य ठहरिएका छन्। यो तथ्यलाई आधार मान्दा अधिकांश आवेदकले १० र थोरैले २० कित्ता पाउने देखिएको छ। 

क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । सेयर पाउने योग्य आवेदकको संख्या निर्क्यौल भएपछि अब १६ हजार ४९७ जना आवेदकले सेयर नपाउने भएका छन्। 

आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्याको हिसाबमा यस कम्पनीले इतिहास रचेको छ ।  यस अघिसम्म नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा ३ लाख ९१ हजार बढीले आवेदन दिएका थिए जुन हाल सम्म कै उच्च थियो । त्यो रेकर्ड एनआईसी एसिया लघुबित्तले तोडेको हो ।  सर्वसाधारणलाई शेयर निष्काशन गर्दा ४ लाख बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।  

कम्पनीले असार १० गतेदेखि  ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो  । जस मध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो  ।  बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  ।  यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved