एनआईसी एसिया लघुवित्तको आइपीओ नतिजा बिजपाटीमा, तपाइँलाई कति कित्ता पर्यो यसरि थाहा पाउनुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2020 | 12:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया लघुवित्तले निष्काशन गरेको आइपिओ नतिजा सार्वजनिक भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले शनिबार बिहान  ९ः३० बजे आफ्नो कार्यालयबाट आईपिओ बाँडफांड गरेको हो।

आइपीओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेकोमा १६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेका ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । 

४६ हजार ५७९ लगानीकर्ताले भने गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०।५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  । बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो ।

नतिजा बिजपाटीमा 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'Nic Asia Laghubitta Bittiy Sanstha Ltd' छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए 'sorry you have not been allotted' भन्ने संदेश देखाउने छ ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved