२ इन्स्योरेन्स कम्पनीले मागे आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 12:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् 

रिलायन्सले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीमा हाल १ सय १३ जना संस्थापक लगानीकर्ता रहेका छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ । सर्वसाधारण्मा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै सानिमा जनरल इन्स्योरेन्सले ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।  शेयर निष्काशनको लागि कम्पनीले एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved