साधना लघुवित्तको आइपीओ बाँडफाँड आज, नतिजा बिजपाटी डटकममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 11:40:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओ बाँड्फाँड आज हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।   

क्यापिटलकाअनुसार आफ्नै कार्यालय जमल काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ। आइपीओ बाँडफाँड पश्चात नतिजा बिजपाटी डटकममा हेर्न सक्नुहुनेछ। लिंक

कम्पनीको आईपिओमा ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएका छन्  । आईपिओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो  । 

आईपिओमा  ४ लाख ५८ हजार ६  सय ४३ जनाले १ करोड १२ लाख ५९ हजार ८  सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved