बिजपाटी सम्बाददाता     Jul 13, 2020 | 06:58:15 PM


tansen
साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर आइपीओ बाँड्फाँड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।   

आईपिओमा कुल ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएकोमा १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । बाँकि रहेका योग्य आवेदक मध्ये गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले समान १० कित्ता शेयर पाएका छन् । रितपुर्वक दरखास्त दिने ४ लाख ४७ हजार ८४९ आवेदक मध्ये १० देखि १००० कित्तासम्मको लागि आबेदन दिने ६६ हजार १५२ आवेदकलाई एकै समुहमा राखेर गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ । आइपीओको नतिजा केहि समयपछि बिजपाटी डटकममा हेर्न सकिनेछ । 


नतिजा बिजपाटीमा 

आईपिओको नतिजा  बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा 'sadhana laghubitta' छनौट गरी आफ्नो नाम राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए 'sorry you have not been allotted' भन्ने संदेश देखाउने छ ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिन्छ ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7