आईपिओ निष्काशन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 07:46:13 PM मा प्रकाशित

laxmi  sunrise bank
सिटिजन लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबीएलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्न लागेको हो । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved