सिद्धि हाइड्रोको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 04:09:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनीको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

सिद्धि हाइड्रो कम्पनीले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved