सामान्य कुरामा पनि किन रुन्छन् केटीहरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 02:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

तपाइँलाई थाहै होला, पुरुषका तुलनामा महिलाहरु बढी रुन्छन । सानोतिनो कुरामा पनि महिलाहरु आखाबाट आँसु खसाली हाल्छन । किन होला ? 

केटीहरु दुखि हुँदा मात्र होइन खुसी हुँदा पनि चाडै आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ ।

द टेलीग्राफका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको  आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ ।

शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब 5.3 पटक आउँछ जबकि पुरुषको आँखामा 1.4 पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।

रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । रुदा आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्ने भएकाले यसो हुने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved