फेसबुक पेजबाटै यौन धन्दा! ललितपुरका बस्नेत सहित दुई युवक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 06:11:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक संजाल फेसबुकको दुरुपयोग गरि यौन धन्दा चलाइरहेका एक व्यक्तिलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। फेसबुकमा अश्लिल नाम राखी फेसबुक पेज नै बनाएर यौनधन्दा चलाउदै आएका उनलाई पक्राउ गरि बिधुतिय कारोवार ऐन, २०६३ बमोजिम कारवाही तथा आवश्यक अनुसन्धान भैरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। 

बिगत एक सातादेखि आफुलाई निरन्तर फोन आएपछी मैतिदेवीकी कल्पना थापा (नाम परिर्वतन) ले प्रहरीमा उजुरी दिएपछि घटनाको पोल खुलेको हो। आफुलाई बारम्बार बिदेशी नम्बरबाट फोन आउने र फोनबाट नै यौन प्रस्ताब आउने गरेको उनले दिएको उजुरीमा उल्लेख छ। 

यसरि फोन मार्फत यौन प्रस्ताब आउँदा आफु त्यस्तो युवती नभएको बताउदा समेत फोन आउने क्रम नरोकिएपछि उनि प्रहरीमा उजुरी दिन पुगिन। उनले दिएको उजुरीका आधारमा प्रोफाईल सम्बन्धमा गरिएको प्रारम्भिक अनुसन्धानमा २३ जना महिलाहरुको फोन नम्वर सार्वजानिकरुपमा राखेको भेटिएको छ। 

सागर धिताल नाम गरेका व्यक्तिले फोन गरेर यौन धन्दाको लागि प्रस्ताव गर्ने गरेको अनुसन्धानमा भेटिएको छ। धितालले फोन गरेर लागेको रकम तिर्ने भन्दै यौन प्रस्ताब गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पश्चात धितालले आफुले एक अश्लिल फेसबुक पेज मार्फत उक्त महिलाको फोन नम्बर पाएको बताएका छन्। उनको बयानकै आधारमा प्रहरीले ललितपुर, ४ बस्ने बर्ष ३६ को सुरज बस्नेत अश्लिल फेसबुक पेज संचालक रहेको खुलेको छ। बस्नेतलाई फागुन २ गते पक्राउ गरि बिधुतिय कारोवार ऐन, २०६३ बमोजिम कारवाही तथा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार पक्राउ परेका वस्नेत २ बर्ष अमेरिका बस्ने क्रममा समेत यस्तै धन्दा चलाउदै आएका थिए। सोहि व्यवसायलाई उनले नेपालमा समेत निरन्तरता दिन खोजेका छन। अश्लिल प्रोफाइलको उक्त फेसबुक पेजमा राखिएका २३ युवती मध्ये केहि यौन व्यवसायी हुनसक्ने आशंका गरिएको छ। 

साउनबाट अहिले सम्म महाशाखामा साइबर अपराध सम्बन्धि ६ सय ८९ वटा उजुरी परेको छ जनाइएको छ । यस प्रकारको अपराधका पिडितमा अधिकांश युवती रहेका छन।  
   

 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved