दश वर्षे यात्रामा आइफोनमा धेरै सुविधाहरु थपिँदै आएका छन् । यसका सुविधा सबै प्रयोग भएका पनि छन् र नगर्नेहरु पनि छन् । कतिपय फिचर भने उपभोक्ताले थाहा नपाएका पनि हुन्छन् ।
यस्ता केही फिचरहरु आइफोनमा छन्, जसको चर्चा यहाँ गर्न खोजिएको छ । पछिल्लो भर्सनको आइफोन सेभेनसम्म आइपुग्दा थपिएका तर खासै प्रयोग नगरिएका मानिएका फिचर यस्ता छन् ।
टाउको हल्लाएर नियन्त्रण गर्नुहोस्
आइफोनको पछिल्लो उत्पादन टाउको हल्लाएर पनि नियन्त्रण गर्न सकिने खालको छ । यसका लागि फोनको सेटिङको जनरल– एक्सेबिलिटी–स्वीच कन्ट्रोलमा जानुपर्छ । यसलाई अन गरेर एक नयाँ क्यामेरा स्वीच थप गर्नुपर्छ ।
यसपछि राइट लेफ्ट हेड मुभमेन्ट छान्नुपर्छ । कतिपय प्रयोगकर्तालाई कम्पास, भ्वाइस मेमोज, स्टक, भिडिया, न्यूजट्याग जस्ता एपको आवश्यकता पर्दैन ।
ट्रिपल ट्यापबाट ब्राइटनेस नियन्त्रण गर्नुहोस्
आईफोनमा ट्रिपल ट्याप गरेर फोनको ब्राइटनेसलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फोनको सेटिङमा जनरल एक्सेसिबिलिटीमा जानुपर्छ तथा जुम इनेबल गर्नुपर्छ ।
यसपछि स्क्रीनमा तीन औंलाले तीन पटक ट्याप गर्नुपर्छ र फिल्टरलाई सेलेक्ट गर्नुपर्छ । यसपछि एक्सेबिलिटी सटकटमा जाने र जुमलाई छान्नुपर्छ । यसपछि फोनको ब्राइटनेसको ट्याप गरेर नियन्त्रण गर्न सकिन्छ ।
इमोजीका लागि सर्टकर्टको प्रयोग
मेसेजमा कुनै सर्टकर्टको जस्तै इमोजीको प्रयोग गर्न सकिन्छ तथा आफ्नो मेसेजलाई शानदार बनाउन सकिन्छ । यसको लागि सेटिङ, जनरल, किबोर्ड, किबोर्ड, एड न्यू किबोर्ड, इमोजीको प्रयोग गर्नुपर्छ ।
यो पछि आफूलाई मन लागेको इमोजीको छनौट गर्नुपर्छ र जुन टेक्स्टको साथ सर्टकर्ट बनाउन खोजेको हो, त्यो टाइप गर्नुपर्छ । यसपछि इमोजी सर्टकर्ट तयार हुन्छ ।
मेसेजको नोटिफिकेसनका लागि फ्ल्यास लाइट
फोनमा कल अन गर्दा एलईडी फ्ल्यास लाइट बलेजस्तै मेसेज आउँदा आईफोनमा एलईडी लाइट बल्छ । तर यसका लागि पनि सेटिङ गर्नुपर्छ । यसका लागि जनरल, एक्सेबिलिटी र फेरी एलईडी फ्ल्यास फर अलर्टस् अन गर्नुपर्छ ।
भिडियो रिकर्डिङको समय फोटो क्लिक
तपाईलाई सायद थाहा होला कि आईफोनबाट भिडियो रेकर्डिङ गरिरहेको समयमा फोटो पनि क्लिक गर्न सकिन्छ । तर भिडियो सुट गरेपछि सोही समयमा फोनको क्यामेराको बटन पनि देखिन्छ । यही बटमलाई क्लिक गरेर फोटो क्लिक गर्न सकिन्छ ।