शाहिदको ‘कबीर सिंह’ सय करोड क्लबमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 08:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

शाहिद कपुर स्टारर फिल्म ‘कबिर सिह’ सय करोड क्लबमा प्रबेश गरेको छ । २१ जुनबाट प्रदर्शनमा आएको फिल्मले शुरुवातदेखिनै दमदार कलेक्सन गरिरहेको छ । फिल्मले प्रदर्शनको पाँचौ दिनमा सय करोड बढी कलेक्सन गरेको हो ।

ओपनिङ दिनमै फिल्मले २० करोड २१ लाखको कलेक्सन गरेको थियो । फिल्मले शनिबार २२ करोड ७१ लाख, आइतबार २७ करोड ९१ लाख, सोमबार १७ करोड ५४ लाख, मंगलबार १६ करोड ५३ लाख भारुको कलेक्सन गरेको थियो । यो सँगै फिल्म बर्ष २०१९ मा छोटो समयमा सय करोड क्लब प्रबेश गर्ने दोश्रो फिल्म बनेको छ । यसअघि सलमान खानको भारतले चौथो दिनमा सय करोड बढिको कलेक्सन गरेको थियो ।

फिल्ममा शाहिद सँगै कियरा आड्वानिको प्रमुख भुमिका रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved