नेपालमा पहिलो पटक डल्बी अटमस साउण्ड सिष्टम सहित बीएसआर मुभिज सञ्चालनमा, यस्ता छन् बिशेषता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 04, 2017 | 10:52:17 PM मा प्रकाशित

laxmi  sunrise bank

गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रि जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो ।

बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआएर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह, बीजी मलका अध्यक्ष बासु गिरीले संयुक्त रुपमा उद्घाटन गरे । बरिष्ठ कलाकार नीर शाहले गोंगबु क्षेत्रमा भएको बसोबासको चापले यो क्षेत्रमा सञ्चालित सिनेमा हलको व्यवसाय सफल हुने विश्वास गरे । आधुनिक प्रविधि भित्र्याएका कारण पनि बीएसआर मुभिजको बेग्लै महत्व दर्शकमा रहने उनको भनाई थियो । बीएसआर मुभिजको उद्घाटन गर्दै बीजी मलका अध्यक्ष बासु गिरीले मनोरञ्जनको क्षेत्रमा चलचित्रको ठुलो हिस्सा रहेको भन्दै नयाँ प्रविधिबाट बीएसआर मुभिजले नेपाली चलभित्र बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । प्रविधिको विकाससँगै भित्रिएको प्रविधिको सहयोगमा चलचित्र प्रेमीले नयाँ अनुभव र मनोरञ्जन प्राप्त गर्नु हुनेछ । यसका लागि हामीले सबै किसिमका दर्शकलाई नयाँ प्रविधिमा अभ्यस्त बनाउने जमर्को गरेका छौं, यसका लागि सबै पक्षको सहयोगको अपेक्षा गरेको छौं ।मलका अध्यक्ष गिरीले भने ।

बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएका दुईवटा हलहरु मध्ये अटमस वानमा एक सय ५० जना दर्शक क्षमता रहेको छ भने अटमस टूमा एक सय ४० गरी एक पटकमा दुई सय ९० जना दर्शकले चलचित्र हेर्न सक्ने छन् । फिल द थ्रिल, फिल एव्रि डायमेन्सनभन्ने नाराका साथ व्यवशायिक यात्रा सुरु गरेको बीएसआर मुभिजको अटमस वान हल बीजी मलको पाँचौ तल्लामा छ भने अटमस टू मलको छौठौं तल्लामा रहेको छ । नेपालमा पहिलो पटक भित्रिएको डल्बी अटमस प्रविधिले बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ ।

डल्बी अटमस साउण्ड सिष्टममा दर्शकले पर्दामा जुद दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् छन् । हेलिकप्टर उडेको दृयमा हलको माथिल्लो भागबाट आउने साउण्डसंगै दृष्यमा देखाइएको वातावरण अनुसारका साउण्ड सोही दिशाबाट आउने भएकाले दर्शकले चलचित्रमा भएको कृयाकलापमा आफैं सहभागि भएको महसुस गर्ने छन् । अहिले नेपालमा सञ्चालनमा रहेका कुनै पनि सिनेमा हलमा यो प्रविधिमा आधारित साउण्ड सिष्टम छैन । दर्शकले मुभिजको वेबसाइट धधध।दकचmयखष्भक।अयm, तथा टेलिफोनबाट सिनेमा बुकिंग गर्न सक्ने छन् । निकट भविष्यमा नै बीएसआरले अनलाइनबाट नै टिकट काट्ने व्यवस्था पनि गर्दैछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved