एचआईडिसीएलले माग्यो ११ अर्बको हकप्रद निष्काशन गर्ने अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 01:32:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। यो साविकको जलविद्युत लगानी तथा विकास कम्पनी हो।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असार ३१ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ११ अर्ब बराबरको  ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

कम्पनीको पुस ३० गते सोमबार बसेको सातौ साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो ।  

हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब रहेको छ । शतप्रतिशत हकप्रदपछि चुक्ता पुंजी २२ अर्ब पुग्ने छ । कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved