सेयरबजारमा १४ लाख कित्ता सुचिकृत, दुई लघुवित्तलाई ग्रेड ४ रेटिंग, के छ त आजको लगानी रणनीति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 11:18:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कारोबारको तेस्रो दिन बजार परिसूचक नेप्से ७।१७ अंकले घटेर ११०२।५६ को बिन्दुमा ओर्लिएको छ। परिसूचकसंगै कारोबार रकम समेत घटेर १६ करोड ५६ लाखमा सिमित भएको छ।

मंगलबारको कारोबारमा ६ लाख ५३ हजार २८ कित्ता सेयर किनबेच भएको छ। यस दिन कारोबारमा आएका सबै उपसूचकहरु समेत घटेर राताम्मे बनेका छन। 

मंगलबारको सेयर कारोबारमा एशियन लाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने नेशनल हाइड्रोपावर कम्पनीको सेयर मुल्य आफ्नो समुहमा राम्रो देखियो। त्यस्तै राधि हाइड्रोपावर, एनएमबि माइक्रोफाइनान्स र अपि हाइड्रोपावरको सेयर मुल्यमा तिब्र उतारचढाब रह्यो।

नेपाल स्टक एक्चेन्ज नेप्सेले मार्जिन कारोबार सम्बन्धि कार्यबिधि लागु गरेको छ । नेप्सेले कार्यविधि लागु गर्दै सोहि बमोजिम प्रक्रिया अगाडी बढाउन सम्पूर्ण ब्रोकरहरुलाई आग्रह गरेको छ । यस संगै लामो समयदेखि चर्चामा आई कार्यन्वयन हुन् नसकेको मार्जिन कारोबार गर्ने बाटो खुला भएको छ। (थप जानकारीको लागि क्लिक)


महत्त्वपूर्ण बजार समाचार 

-नबिल बैंकको १२ प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन, 

-नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद बापतको १४ लाख ३ हजार ३२५ कित्ता सेयर सुचिकृत 

- इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई केयर रेटिंग नेपालबाट केयर एनपी आइपीओ ग्रेड ४ प्राप्त, औषत अवस्था 

-ग्रामिण बिकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ५० प्रतिशत हकप्रदका लागि इकरा नेपाल लिमिटेडबाट इकरा एनपी आइपीओ ग्रेड ४ प्राप्त

-पाँचथर पावरको आइपीओमा १२ लाख ९५ हजार ४४० कित्ताको लागि आबेदन, 

आजको महत्त्वपूर्ण घटना

-पांचथर हाइड्रोको आइपीओ निष्काशनको तेस्रो दिन, १० कित्ताको लागि आबेदन दिन सकिने 

-ग्लोबल आइएमई बैंकको '१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८०/८१'  आजदेखि बिक्रिमा  



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।

      


आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved