नाडेप लघुवित्तको सेयर लिलाममा, २ संस्थाको बुक क्लोज आज, यस्तो हुन सक्छ आजको लगानी रणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 10:41:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजार आइतबारको कारोबारमा समेत ओरालो लागेको छ। बजार परिसूचक नेप्से ४.९५ अंकले घटेर ११००.५८ को बिन्दुमा आइपुगेको छ। तर कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि सुधार भई २३ करोड ५३ लाखको कारोबार भएको छ। 

आइतबारको सेयर कारोबारमा जीवन बिमा र होटल क्रमश ५३.०८ अंक र ४.२३ अंकले बढ्दा अन्य समुहगत सूचकहरु घटेका छन। बरुण हाइड्रोपावर, युनाईटेड मोदी हाइड्रोपावरको सेयर मुल्य आफ्नो समुहमा बढीले घटेका छन भने भार्गब विकास बैंक,  जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढेको छ।  त्यस्तै कृषि बिकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मुल्यमा आइतबारको सेयर कारोबारमा तिब्र उतारचढाब रह्यो। 


महत्त्वपूर्ण बजार समाचार

-कृषि विकास बैंकको  ६ प्रतिशत बोनस पश्चातको सेयरमुल्य समायोजन 

-नाडेप लघुवित्त वित्तीय संस्थाको ६१ हजार २३६ कित्ता साधारण सेयर लिलाममा, लिलाम फागुन २८ सम्म खुला 

-मेरो माइक्रोफाइनान्सको शत प्रतिशत हकप्रद यहि चैत २४ देखि बिक्रि खुला

-एनआईसी एसियाको '१० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६ ' अन्तर्गतको ४० लाख कित्तामा १ लाख ४१ हजार ८८ कित्ताको मात्रै माग,  १०९९ आवेदकलाई मागेजति कित्ता प्राप्त, त्यस्तै १६ संस्थालाई संस्थागत अन्तर्गतको २२ लाख ६३ हजार ६०० कित्ता बाँडफाँड 

- प्रभू बैंकको १७ औं बार्षिक साधारणसभाबाट ८ प्रतिशत बोनस पारित

-कामना सेवा विकास बैंकको भिजा डेबिट कार्ड सेवा संचालनमा, नेपाल, भारत र भुटानमा संचालन गर्न मिल्ने 

- नेपाल लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद प्रस्ताब,

-मुक्तिनाथ विकास बैंकको सबै क्रेडिट स्किममा शुन्य दशमलब ५ प्रतिशत ब्याजदर कम 

-शिबम शिमेंटको आइपीओ भोलि (फागुन २२) गते बाँडफाँड 

आजका महत्त्वपूर्ण घटना 

-नेपाल लाइफ इन्स्योरेन्सको १ बराबर शुन्य दशमलब ६५ प्रतिशत हकप्रद बिक्रि खुला 

-राष्ट्रिय बाणिज्य बैंकको आगामी १३ औं बार्षिक साधारणसभाको लागि  बुक क्लोज आज

-लाइफ इन्स्योरेन्स कम्पनी नेपालको १६ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज आज, १२ प्रतिशत बोनस प्रस्ताब 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।


डेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved