चितवनको अटोमोबाईल पसल प्रत्येक शनिबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 01:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनमा अटोमोबाइल सम्बन्धि काम गर्ने पसल प्रत्येक शनिबर बन्द हुने भएको छ । अटोमोबाईल सम्बन्धि काम गर्दै आईरहेको ३ वटा संगठनले संयुक्त रुपमा यो व्यवस्था ल्याएको हो ।  

चितवनमा नेपाल अटो मेकानिक्स ट्रेड  युनियन,चितवन अटोमोबाइल्स  डिलर एसोसिएसन,चितवन अटोमेकानिकल व्यवसायी संघ र  चितवन अटोमोबाइल्स एसोसिएसन रहेका छन् । चितवन अटोमोबाइल्स  डिलर एसोसिएसन बाहेक अन्य तिन संघसंगठनहरुले यो कुरामा सहमति जनाएका छन्   ।

 यस अघि सोमबारको दिन पसल बन्द गर्दै आईरहेका थिए ।  तर पारिवारिक समयको हिसाबले उपयुक्त नभएका कारण शनिबार बिदा गर्ने निर्णय गरिएको नेपाल अटोमोबाइल्स  डिलर एसोसिएसनका बरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले जानकारी दिए । साथै शनिबार पसल बन्द गर्दा ग्राहक बर्गमा कुनै असर नपर्ने  उनको भनाई छ । 

जिल्लामा चार वटा संगठनमा गरी करिब दुई हजार अटोमोबाइल व्यवसायी रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved