मनकामना केवलकार चढ्दा स्मार्ट टिभी जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2019 | 09:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो केबुलकार ‘मनकामना केबुलकार’ सञ्चालनमा आएको २१ वर्ष भएको छ । यो अवसरमा केवलकारले विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने छन् ।

पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । कात्तिक ७ गते देखि सुरु भएको यो योजना मंसिर ७ गते सम्म लागु हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको दिन लक्की ड्रमार्फत विजेता घोषणा गर्नेछ ।

यस योजना केवलकार सञ्चालन समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved