‘खल्ती’को इभेन्ट्स टिकेटिङ सुरु, टिकट छपाई र वितरण गर्ने झन्झटबाट मुक्तिको अपेक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 12:48:49 PM मा प्रकाशित

laxmi  sunrise bank

‘खल्ती डिजिटल वालेट’ले क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवा सुरु गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नेछन् । यसबा साथै कार्यक्रममा सहभागीले खल्ती एप तथा वेबसाईट मार्फत कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्ने खल्तीले जनाएको छ ।

खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट कम हुने खल्तीका निर्देशक अमित अग्रवालले बताए । 

सन् २०१७, जनावरी २६ बाट सुरु भएको खल्ती डिजिटल पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइटप्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved