इसेवाको उपहार योजना, लेखनाथले जिते मोटरसाईकल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 04:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाको चाडपर्व लक्षित ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका बिजेता सार्बजनिक गरिएको छ । उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल जितेका छन् । अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुवई ट्रिप जित्न सफल भएका छन् । सोमबार बम्पर उपहार विजेता सार्बजनिक गरिएको हो ।

इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । 

यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भएका छन् । 

असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए । इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगी सकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved