मोबाइल एप रिचार्जरमा ‘भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै बिग–सेल २०२० सञ्चालन हुने भएको छ । जनवरी २० देखि बिगसेल चल्ने रिचार्जरले जनाएको छ ।
सेलमा मेगा डिल अन्तर्गत ६० प्रतिशतसम्मको छुट, क्यास भौचर र एक्स्ट्रा बैंक डिस्काउण्ट पाउन सकिने जनाईएको छ । त्यस्तै भ्रमण वर्ष सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस ल्याउने भएको छ । कम्पनीले डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम र २४ सेभेन फूड सर्भिस ल्याउने जनाएको हो ।