रिचार्जरको बिगसेल अफर: ५ हजारमा हेलिकप्टर राइड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 04:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उदेश्यले फेब्रुअरी २० मा बिगसेल अफर संचालन गर्ने भएको छ । बिगसेलका दिन रिचार्जरले २२० रुपैंयामा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयामा हेलीकप्टर राईड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयामा अन्नपुर्ण बेसक्याम्पसम्मको हेलिकप्टर राइड लगायतका प्याकेज उपलब्ध गराउने जनाएको छ । त्यस्तै शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाईल, ल्यापटप, टिभी, ईलेक्ट्रोक्सि आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 

रिचार्जरका अनुसार बिगसेलमा नाईट फुड र ड्रिंक्स सर्भिस ७ बजदेखि काठमाण्डु उत्पत्यका भित्र उपलब्ध हुनेछ । मुभि टिकट खरिद गर्दा भने सुरुमा पुरा रकम भुक्तान गरेको २४ घण्टा भित्र २२० रुपैंया बाहेकको रकम खरिदकर्ताले क्यासव्याक फिर्ता पाउने बताइएको छ । 

यस्तै ह्याप्पी आवर अन्तरगत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले सर्पाईज अफरहरु पाउने छन । रिचार्जर डाउनलोड गर्ने मध्येबाट प्रत्येक साता एक जनालाई पोखरा सिटी भ्यूको हेली टूर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । उनका अनुसार बिगसेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइन्छ । 

जनवरी २० तारिखमा पनि विगसेल मेला आयोजना गरेको रिचार्जले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा बिगसेल संचालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को आधिकारिक इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा विभिन्न छुटमा वस्तु तथा सेवा उपलब्ध हुने बताईएको छ । 

विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले पनि भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved