प्रविधिमैत्री बन्दै छिमेक लघुवित्त, इसेवाबाटै किस्ता तिर्न र बचत गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 09:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त वित्तीय Chhimek Laghubitta Bittiya Sanstha Limited  का सदस्यहरूले आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । इसेवा र संस्थाबीच अनलाइन भुक्तानी सम्बन्धमा भएको सम्झौतासंगै सदस्यहरुले यस्तो सुविधा पाउने भएका हुन्।

सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र संस्थाका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् । इसेवा एकाउन्ट नभएका सदस्यले भने नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्ने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved