क्लियरिङ्ग हाउसमा ईजीलिंक रेमिट्यान्स आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 05:09:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ईजीलिंक रेमिट्यान्सले नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध भएको छ । ईजीलिंक नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध भएको हो ।

कम्पनीका अनुसार क्लियरिङ्ग हाउसमा आवद्ध भएसंगै ईजीलिंक रेमिट्यान्सका भुक्तानीका कारोबारहरु कनेक्ट आइपीएस ई पेमेन्ट प्रणली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ । यस्तै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएस मार्पmत तोकिएको समय सीमामा समेत भुक्तानी कारोबारहरु गर्न सकिने जनाइएको छ । उक्त साझेदारीले बैंक खातामा आधारित रेमिटेन्सको लागि ईजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको ईजीलिंकले जनाएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस र एनसीएचएल आईपीएसको सञ्जालमा क्रमश ५२ र ६३ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेको जनाइएको छ ।

ईजीलिंक रेमिटेन्स सन् १९९९ मा स्थापना भएको रेमिट्यान्स कम्पनी हो । जसले सुरक्षित, छिटो र भरपर्दो माध्यमबाट विदेशबाट नेपालमा रेमिटेन्स पठाउन योगदान पुर्याउदै आइरहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved